स्रोत नखुलेको भारतीय पाँच लाख नगदसहित पक्राउ

स्रोत नखुलेको भारतीय पाँच लाख नगदसहित पक्राउ
सुन्नुहोस्

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–२ झौरा चौकबाट स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी सप्तरी प्रहरीले पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बा टोल बस्ने २५ वर्षीय सञ्जय कुमार यादवलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बिआर ५० बी १५४२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरिएको एसपी गजु सिद्दी ब्रजाचार्यले बताए। 

उनीसँग भारतीय पाँच सय रुपैयाँका ३३९ थान, दुई सय रुपैयाँका ५३० थान, एक सय रुपैयाँका एक हजार ९८० थान, ५० रुपैयाँका एक हजार ३४ थान, २० रुपैयाँका एक सय ९७ थान, १० रुपैयाँका ८८३ थान नोट फेला परेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.