सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु

सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

उदयपुर : उदयपुरमा सवारी दुर्घटनाबाट बुधबार बेलुका एक साइकल यात्रीको घटनास्थलमा नै ज्यान गएको छ। मदन भण्डारी स्मृति लोकमार्गको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–०५–००१–ज–००३५ नम्बरको इलेक्ट्रिकल भ्यानले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

सडक दुर्घटनाबाट रौतामाई गाउँपालिका ७ पुवाँरेका ४५ वर्षीय तुलसी मगरातीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापा जानकारी दिए । त्रियुगा नगरपालिका ८ स्थित साहिखोलाबाट घर निर्माणको काम गरी फर्कनेक्रममा सोही वडाको राजाबासमा दुर्घटना हुँदा उनको ज्यान गएको हो । 

घटना लगत्तै प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको एसपी थापाले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.