बागलुङ जिप दुर्घटनाका घाइतेलाई सिम्रिकको हेलिकोप्टरबाट उद्धार

बागलुङ जिप दुर्घटनाका घाइतेलाई सिम्रिकको हेलिकोप्टरबाट उद्धार
सुन्नुहोस्

बागलुङ : बागलुङको ट्याङखोलामा भएको जिप दुर्घटनाका घाइते ७ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।

घाइते सबैको उद्धार सिम्रिक एयरले गरेको हो। सिम्रिक एयरको पोखरा स्टेशनका इन्चार्ज राजेन्द्र भण्डारीले खबर पाउनेलगत्तै घाइतेहरूको उद्धार गरिएको बताए। 'हामीलाई १:५० मिनेटमा दुर्घटना भएको खबर आएको थियो। अनुमति प्रक्रिया मिलाएर १:५७ मा क्याप्टेन विमल शर्माले उडाएको सिम्रिक एयर त्यसतर्फ गएको थियो,' उनले भने।

सिम्रिक एयरले दुई खेप गरेर घाइतेको उद्धार गरेको थियो। इन्चार्ज भण्डारीका अनुसार एकपटक चार जना अर्कोपटक तीन जनाको उद्धार गरिएको थियो। घाइतेहरूलाई पोखराको मणिपाल अस्पताल पुर्‍याइएको उनले बताए। प्रहरीले घाइतेहरूको उपचार मणिपाल अस्पतालमा भइरहेको जानकारी दिएको छ। 

ध१ज १९ नम्बरको जीप दुर्घटना हुँदा २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक२७ वर्षीय तिलक घर्तीको घटनास्थलमै मृत्यु भएको बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.