रास्वपाका वडा सभापतिसहित २१ जनाले गरे पार्टी परित्याग
गुलरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापतिसहित २१ जनाले पार्टी परित्याग गरेका छन्। पार्टीमा ब्यक्तिवादी दासत्व र परम्परागत पार्टीका ब्यवहारभन्दा फरक नरहेको भन्दै गुलरिया नगरपालिका वडा-४ का सभापतिसहित २१ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेहरूमा सभापति प्रेमबहादुर खड्का, सहसचिव दिपेन्द्र प्रसाद लामिछाने, वडा सदस्यहरू रामकुमार चमार, खुशीराम थारु, मेनुका परियार, शान्ति कार्की, सुरेश गोडिया, विरमन पुलामी छन्। त्यस्तै गुलरिया नगर कमिटी कोषाध्यक्ष मनोजकुमार गोडिया, नगर कमिटी सदस्य उमेश यादव रहेको मिडियामार्फत् उनीहरूले जानकारी गराएका छन्।
पार्टीको साधारण सदस्यहरूमा ज्ञान गोडिया, महेश गोडिया, महेश कुमार चौधरी, धिरेन्द्र बहादुर वली, सुरेश कुमार खत्री, ज्ञानेन्द्र श्रेष्ठ, धनबहादुर डांगी, कृष्ण बहादुर वली, अर्जुन बहादु प्रधान, सर्दिप ढुँगाना र विमल बहादुर गौतम रहेका छन्।