कुन बैंक/वित्तीय संस्थाको अवस्था कस्तो ?

कुन बैंक/वित्तीय संस्थाको अवस्था कस्तो ?

 काठमाडौं : यतिबेला बैंक तथा वित्तीय संस्थाहरू आर्थिक वर्ष २०८०÷८१ दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन धमाधम सार्वजनिकको क्रममा छन्। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन–२०८० अनुसार बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदनलगायत प्रमुख वित्तीय परिसूचकहरूको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) हरेक त्रयमासको महिना व्यतित भएको मितिले ७ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्न भनेको छ। तर, चालु आवको दोस्रो त्रैमास सकिएको ६ दिन बितिसक्दा पनि बल्ल २ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक र २ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्। 

यद्यपि माघ ७ गते धेरै कम्पनीहरूले सार्वजनिक गर्न सक्छन्। तर, ६ दिन व्यतित हुँदा सञ्चालनमा रहेका १७ वटा ‘ग’ वर्गका वित्त कम्पनीहरू कुनैले पनि प्रतिवेदन प्रकासन गरेका छैनन्। यसअवधिसम्म बल्ल ७ वटा बैंक र लघुवित्तले मात्र प्रतिवेदन सार्वजनिक गरे। जबकि हाल सञ्चालनमा कुल १ सय १२ वटा कम्पनी छन्। जसमा वाणिज्य बैंक २०, विकास बैंक १७, वित्त कम्पनी १७, लघुवित्त वित्तीय संस्था ५७ र पूर्वाधार विकास बैंक एउटा सञ्चालनमा छन्। नियामक निकायले तोकेको त्रैमासिक प्रतिवेदन प्रकाशनको समय सीमा अन्तिम दिनमा बढी हुने देखिन्छ। यसो प्रवृत्ति हेर्दा यसपटक बैंक तथा वित्तीय संस्थाहरूले केही ढिलाइ गरेको देखिन्छ। यद्यपि चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

दोस्रो त्रैमास व्यतित भएको ६ दिनसम्ममा अपरिस्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक र नेपाल बैंक छन्। यस्तै विकास बैंकमा सांग्रिला, महालक्ष्मी र कामना सेवा छन् भने लघुवित्तमा आरएसडीसी र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रकाशन गरेका छन्। प्रकाशित प्रतिवेदनलाई औंल्याउँदा प्रायको वित्तीय परिसूचक कमजोर देखिन्छ। किनभने अधिकांशको नाफा घटेको छ, वितरणयोग्य नाफा ऋणात्मक देखिन्छ। साथै खराब कर्जा खासै नियन्त्रणमा आउन सकेको छैन।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले चालु आवको पुससम्ममा बैंकको नाफा घटेको छ। गत आवको दोस्रो त्रैमासो तुलनामा नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँमा सीमित रहेको छ। जबकि गत आव बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ कमाएको थियो। यसबीच बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घट्दा समग्र नाफा प्रभावित भएको हो। प्रकाशित वित्तीय प्रतिवेदनअनुसार यसबीच खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ मात्रै रह्यो। यससँगै, सञ्चालन नाफा पनि १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँमा छ।

यससँगै बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ। परिणामस्वरूप प्रतिसेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक देखिन्छ। प्रतिसेयर आम्दानी घटेर १३ रुपैयाँ  हाराहारीमा सीमित छ। यता बैंकको मूल्य आम्दानी अनुपात १४.६५ गुणा छ । यस्तै, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ पुगेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर वितरण गरी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित देखिन्छ। 

नेपाल बैंक

यो बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार तुलनात्मक रूपमा  नाफा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५९ करोड रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कमाएको थियो। यसबीच बैंकको नाफा ४९.६० प्रतिशतले घटेको छ। प्रतिवेदन हेर्दा बैंकको खुद ब्याज आम्दानी बढेको छ तर खराब कर्जा बढेकाले इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न गएको देखिन्छ। यसअवधिमा खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढ्यो। बैंकको शुल्क,  कमिशन आम्दानी पनि ३७.८१ प्रतिशतले बढ्यो। तर, खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.५० प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ। यो बढेसँगै इम्पेरमेन्ट चार्ज बढेर २ अर्ब ७ करोड रुपैयाँ पुग्यो। जस्को परिणामले बैंकको कमाइ घट्यो।

यससँगै, बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक देखिन्छ। प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ७५ पैसा ऋणात्मक छ। प्रतिसेयर आम्दानी घटेर ८ रुपैयाँ ३ पैसामा सिमित छ। यता कम्पनीको प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ र मूल्य आम्दानी अनुपात २९.३७ गुणा छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोषमा २२ अर्ब ४४ करोड ५० लाख रुपैयाँ छ। 

सांग्रिला विकास बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा घटेको छ। चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकले १० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तर, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसअनुसार अहिले बैंकको नाफा ३९.८२ प्रतिशतले घटेको छ। यसले गर्दा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस्तै, प्रतिसेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ।

बैंकको प्रतिसेयर आम्दानी घटेर ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा सीमित छ। यस्तै, मूल्य आम्दानी अनुपात ५४.७७ गुणा छ। यता प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा छ। बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित देखिन्छ। यस्तै,तथ्यांक हेर्दा बैंकको खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी बढेको छ तर इम्पेरमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको छ। यसबिच बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले बढेको छ। बैंकको शुल्क र कमिसन आम्दानी ४१.४० प्रतिशत बढेको देखिन्छ। साथै कुल सञ्चालन आम्दानी पनि ६.८३ प्रतिशत बढ्दा पनि सञ्चालन मुनाफा भने ३९.२१ प्रतिशतले घटेको छ। 

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवर नाफा घटेको छ। चालु आवको दोस्रो त्रैमासमा २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकी गत आर्थिक वर्ष ३१ करोड ६० लाख रुपैयाँ  नाफा गरेको थियो। यसबीच बैंकको नाफा १२.०३ प्रतिशतले घटेको छ।

यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ छ। साथै, प्रतिसेयर वितरणयोग्य मुनाफा ३ रुपैयाँ २८ पैसा रहेको छ। यता प्रतिसेयर आम्दानी पनि घटेको छ। प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३३ पैसामा सीमित छ। यस्तै, बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा छ।

प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ४ पैसा छ। यसअवधिसम्म बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ छ भने जगेडा कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ  छ। यस अवधिमा सो बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेकाले नफा प्रभावित भएको देखिन्छ। पुससम्ममा बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत घटेको छ । साथै शुल्क र कमशिन आम्दानी ३३.९३ प्रतिशत  बढेको छ भने कुल सञ्चालन आम्दानी १०.७१ प्रतिशतले घटेको छ। साथैसञ्चालन मुनाफा १२.८३ प्रतिशत घटेको देखिन्छ।

कामना सेवा विकास बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कामना विकस बैंकको नाफा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ रहेको छ। गत आवको तुलनामा ३२.१९ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ कमाएको थियो।

यसबीच बैंककोे खुद ब्याज आम्दानी १ अर्ब २ करोड २६ हजार रुपैयाँबाट घटेर ९५ करोड ८८ लाख ४० हजारमा सीमित छ। यसैगरी, बैंकको सञ्चालन नाफा भने बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ। यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ। जगेडा कोषमा १ अर्ब ५१ करेड ८८ लाख ६० हजार रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा थोरैले घटेर ३.४२ प्रतिशते छ। गत आवको सोही अवधिमा ३.७० प्रतिशत थियो। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा रहेको  छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ।

आरएसडीसी लघुवित्त वित्तीय संस्था

आरएसडीसी लघुवित्तको नाफा घटेको छ। तुलनात्मक रुपमा यसको नाफा १२ प्रतिशतले घटेर ६ करोड ९३ लाख रुपैयाँमा सीमित छ। जबकी गत आवको सोही अवधिमा नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो। यसको नाफासँगै सबै वित्तीय सूचकहरू घटेको देखिन्छ।

यस लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा की आएको छ। प्रतिवेदनअनुसार खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ र सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ मा सीमित छ। यता खराब कर्जा बढेको छ। दोस्रो त्रैमासमा खराब कर्जाअनुपात बढेर १.८२ प्रतिशत पुगेको छ। गत वर्ष यस्तो रेसियो ०.८१ प्रतिशत थियो। यस्तै, सो लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको छ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा पनि घटेको छ। चालु आवको दोस्रो त्रैमाससम्ममा नाफा ४१.४८ प्रतिशत घटेर ३ करोड ४० लाख ५ हजार रुपैयाँमा सीमित छ। जबकि गत आवको सोही अवधिमा ५ करोड ८१ लाख ८ हजार रुपैयाँ नाफा आर्जन भएको थियो।

यस अवधिमा  ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले समग्रमा नाफा प्रभावित भएको देखिन्छ। सो कम्पनीले ब्याज आम्दानी १७ करोड ८५ लाख ५५ हजार रुपैयाँ गरेको छ। जबकी गत आवको सोही अवधिमा २४ करोड ७ लाख ७२ हजार रुपैयाँ  आम्दानी गरेको थियो।

यसैगरी, सञ्चालन नाफा ४ करोड ८५ लाख ७९ हजार रुपैयाँ गरेको छ। जबकि गत वर्ष गत ८ करोड ३० लाख ११ हजार रुपैयाँ रहेको थियो। हालसम्म यसको चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३६ करोड ६४ लाख ८५ हजार रुपैयाँ सञ्चित छ।  सो लघुवित्तको खराब कर्जा ४.५१ प्रतिशत सम्म पुगेको छ। साथै, प्रतिसेयर आम्दानी १० रुपैयाँ २२ पैसा  र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा पुगेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.