प्री ओपन सेसनमा नेप्से परिसूचक ओरालोतिर
काठमाडौं : साताको दोस्रो कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक १.६२ अंकले घटेर बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स पनि ०.२३ अंकले घटेको छ।
सोमबार प्री ओपन सेसनमा ३५ को स्टकको ११ हजार ५७७ कित्ता सेयर ४६ लाख ३५ हजार १५५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका स्टकमध्ये १५ वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी ४ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !