प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा बन्द भएको छ।
यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर ९ लाख ७२ हजार १४१ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका कम्पनीमध्ये १७ को मूल्य बढ्यो भने १७ वटाको घट्यो भने बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !