निर्णय फिर्ता लेऊ

बौद्ध सम्पदामाथिको ल्हारक्यालको खेलवाड

बौद्ध सम्पदामाथिको ल्हारक्यालको खेलवाड

ल्हारक्याल लामा आफैंमा विवादित छविका व्यक्ति थिए। भिक्षुको भेषमा उनले बौद्धमार्गको सिद्धान्त र दर्शन विपरीतका कार्य गरेकैले यसअघिका नियुक्तिमा पनि चर्काे आलोचना खेपेका हुन्। कहिले बैंकको लकरमा बन्दुकका गोली राख्ने त कहिले पदका लागि जुन पार्टीको फेरो पनि समात्ने कर्म उनले गरे। त्यतिमात्रै नभई उनको नागरिकतासमेत विवादास्पद बन्यो।

भारतीय रासनकार्डदेखि तिब्बती परिचयपत्रधारी भनेर पनि उनी विवादको घेरामा परे। अरू कोही नभए झैं गरी त्यस्ता विवादास्पद व्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरे। जसै उनले यो पद पाए फेरि उही चरित्र देखाइहाले। अहिले आएर उनी बौद्ध सम्पदाको पवित्रतामाथि धावा बोल्दै बौद्धमागीको आस्थामा प्रहार गर्दैमात्रै छैनन्, राष्ट्रियमात्रै नभई विश्व सम्पदाकै हुर्मत लिँदैछन्।

भगवान् गौतम बुद्ध जन्मस्थल अर्थात् मायादेवी मन्दिरको पुनर्संरचना गर्ने उनको कदममा चौतर्फी असन्तुष्टि छ। कोषकै अरू पदाधिकारी पनि रुष्ट छँदै छन्, सिंगो बौद्ध समुदायको एकमत छैन। र, कुनै खास व्यक्तिको लहडको डोजर यस्ता पवित्र सम्पदामाथि चलाइनु पनि हुँदैन। उनको यस्तो कदमले महत्वपूर्ण सम्पदाको पवित्रतामाथि त धक्का पुग्छ नै यसको संवेदनशीलता र अस्तित्वमा पनि चोट पुग्छ। पुरातात्विक सम्पदाको पुनर्सरचना लहडका भरमा गर्ने होइन, गर्नु हुँदैन। बुद्धको परिनिर्वाण जसै अहिले भारतमा पर्ने कुशीनगरमा भएपछि दाहसंस्कारपश्चात शरीरका अंगको सूक्ष्म भाग (अस्तु) बौद्ध अनुयायीले लिएर विभिन्न ठाउँमा स्तूप निर्माण गरेका थिए। त्यसमध्ये एउटा कोलीय राज्यले पनि प्राप्त गरी स्तूप निर्माण गरेको मानिन्छ।

तर अहिले पश्चिम नवलपरासीको परासी बजारबाट ४ किलोमिटर दक्षिणको ठाउँमा त्यो स्तूप रहेको विश्वास गरिन्छ। रामग्राम स्तूपको अस्तित्व  इतिहासमा पुष्टि भए पनि कहाँ भन्ने पुरातात्विक अनुसन्धानबाट खुलेको चाहिँ छैन। तर अहिलेसम्म मानिँदै आएको नवलपरासीको रामग्राम निजी कम्पनीलाई भाडामा दिने निर्णय ल्हारक्यालले गरेका छन् र त्यस्ता सम्पदामाथि निकै ठूलो खेलाँची उनीबाट भएको छ।

आफूलाई नियुक्ति दिने सरकारका मुखिया अर्थात् प्रधानमन्त्री दाहालका पूर्वघरभेटीकै पारिवारिक सदस्यको कम्पनी प्रमिसल्यान्डसँग उनले त्यो सम्झौता गरी आफ्नो स्वार्थ छर्लंग पारेका छन्। यस्ता पवित्र धार्मिक सम्पदा कसैको राजनीतिक सौदाबाजीको विषय होइनन्। कोषले त्यस्तो निर्णय फिर्ता लिनु त पर्छ नै। सरकारले बुद्धको अस्तुधातु भएको भनिएको एकमात्र स्तूप अर्थात् रामग्रामको वैज्ञानिक पुष्टिमा लाग्नु उचित हुन्छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.