त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुटपिट प्रकरण

गम्भीर अविश्‍वासका कारण प्रहरी र अध्यागमनका अधिकारीबीच कुटाकुट : छानबिन प्रतिवेदन

असइ तामाङलाई निलम्बन गर्न र अधिकृत छायाँलाललाई अध्यागमनबाट हटाउन सुझाव

गम्भीर अविश्‍वासका कारण प्रहरी र अध्यागमनका अधिकारीबीच कुटाकुट : छानबिन प्रतिवेदन
तस्बिर : अन्नपूर्ण

काठमाडौं : गृह मन्त्रालयअन्तर्गतका मुख्य निकायबीच उचित समन्वय र सहकार्य नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा प्रहरी र अध्यागमनका अधिकारीबीच कुटाकुट भएको छानबिन प्रतिवेदनले औंल्याएको छ ।

माघ १२ गते मध्यान्ह त्रिअविमा प्रहरी र अध्यागमनका अधिकारीबीच कुटाकुट भएको घटनाको छानबिन गर्न बनेको समितिले विमानस्थलमा खटिएका प्रहरी,अध्यागमनका अधिकारी र अन्य निकायलाई निर्देशन र नियन्त्रणमा लिन उचित संयन्त्र निर्माण गर्न गृह मन्त्रालयलाई सुझाव दिएको छ ।

अध्यागमन अधिकृत छायाँलाल मोक्तानको सुरक्षा जाँचप्रतिको अटेरीपनलाई नै छानबिन समितिले घटनाको मुख्य कारण रहेको ठहर गरेको छ । अध्यागमन अधिकृतसँगको सामान्य विवादलाई प्रहरीले पनि फरक मोडमा लगेर घटना हुन थप प्रसय दिएको प्रतिवेदनमा उल्लेख रहेको स्रोतले जनाएको छ।

समितिले गत बुधबार  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छानबिन प्रतिवेदन बुझाएको हो। गृहमन्त्रालयले अहिले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ। गृह स्रोतले भन्यो,' प्रतिवेदन अध्ययनकै क्रममा छ। छिट्टै कार्यान्वयनमा लैजान्छौं।'

अध्यागमन अधिकृत छायाँलाल मोक्तानको सुरक्षा जाँचप्रतिको अटेरीपनलाई नै छानबिन समितिले घटनाको मुख्य कारण रहेको ठहर गरेको छ । अध्यागमन अधिकृतसँगको सामान्य विवादलाई प्रहरीले पनि फरक मोडमा लगेर घटना हुन थप प्रसय दिएको प्रतिवेदनमा उल्लेख रहेको स्रोतले जनाएको छ। समितिका अनुसार घटनालाई साम्मे पार्नुको सट्टा प्रहरीले बढवा दिएको प्रतिवेदनको ठम्याइँ छ।

त्रिअविभित्र सुरक्षाकर्मीलाई समेत मेटल फ्रि लगायतका जाँच अनिवार्य गर्न प्रतिवेदनमार्फत् सुझाव दिएको छ । प्रहरीको मेटल फ्रि जाँच नहुने भन्दै अध्यागमन लगायतका अन्य निकायका कर्मचारीहरूले विरोध गर्दै आएका थिए । 

विमानस्थलमा प्रहरीले संयमित र व्यवसायिक व्यवहार देखाउन नसकेको समेत छानबिन समितिको ठहर छ । अध्यागमन अधिकृत मोक्तान आफ्नै मन्त्रालय मातहतको अधिृकत भएको थाहा हुँदाहुँदै 'चेनअफ कमाण्ड' उल्लंघन गरी घटना भएको स्थानमा आएर उनीमाथि कुटपिट गर्न नेतृत्व लिने असइ सञ्जय तामाङलाई तत्काल निलम्बन गर्न छानबिन समितिले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।  सोही घटनामा संलग्न प्रहरी जवान रविरंजन कुमार गुप्ता र राजकुमार महतोलाई विभागीय कारवाही गर्न समेत समितिले सुझाव दिएको गृह मन्त्रालय स्रोतले बताएको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार,नियमित सुरक्षा जाँचप्रति अटेर गर्ने र आफ्नै मन्त्रालयका कनिष्ठ प्रहरी अधिकारीहरूसँग सुमधुर सम्बन्ध राख्न नसकेको भन्दै अध्यागमन अधिकृत मोक्तानलाई तत्काल विमानस्थल अध्यागमन कार्यालयबाट हटाउन र आचरणसम्बन्धी कारवाही गर्न समितिले गृहमन्त्रालयलाई सुझाव दिएको छ । 

त्रिअविभित्र सुरक्षाकर्मीलाई समेत मेटल फ्रि लगायतका जाँच अनिवार्य गर्न प्रतिवेदनमार्फत् सुझाव दिएको छ । प्रहरीको मेटल फ्रि जाँच नहुने भन्दै अध्यागमन लगायतका अन्य निकायका कर्मचारीहरूले विरोध गर्दै आएका थिए । 

घटना घटेको दिनका फिल्ड अफिसर प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले परिस्थितिको  मुल्याङ गर्न नसकेको जसका कारण प्रमुख अध्यागमन अधिकृतलगायतका कर्मचारीको सुरक्षामा हेलचेक्र्याइँ गरेको भन्दै उनको जिम्मेवारीप्रति सचेत गराउन छानबिन समितिले गृहमन्त्रालयलाई सुझाव दिएको छ । 

उनकै उपस्थितिमा सीसीटीभी कन्ट्रोल रुममा ठूलो समूह गएको र सोही स्थानमा दोस्रो पटक पनि कुटपिट भएकाले पोखरेलले घटनालाई काबुमा लिन नसकेको छानबिन समितिको निष्कर्ष छ।  प्रहरीको व्यवसायिक आचरण र अनुशासनमा कमी देखिएको भन्दै छानबिन समितिले त्यस सम्बन्धी प्रहरी प्रधानकार्यालयको ध्यानाकर्षण गराएको छ । अध्यागमनका कर्मचारीले  पनि सुशासन र आचरण सुधार गर्नुपर्ने छानबिन समितिले सुझाव दिएको छ।

अध्यागमन अधिकृत मोक्तान आफ्नै मन्त्रालय मातहतको अधिृकत भएको थाहा हुँदाहुँदै 'चेनअफ कमाण्ड' उल्लंघन गरी घटना भएको स्थानमा आएर उनीमाथि कुटपिट गर्न नेतृत्व लिने असइ सञ्जय तामाङलाई तत्काल निलम्बन गर्न छानबिन समितिले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

यसैगरी छानबिन समिति बनाइसकेपछि पनि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले घटनासँग जोडर अनावश्यक विषयहरू उठान गरेकाले उनको उक्त कदम ‘नोटिस’मा राख्न गृहमन्त्रालयलाई सुझाव दिएको छ । 

छानबिन समितिले क-कसको लियो बयान ?

माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन अधिकारीबीच भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सह-सचिव थानेश्वर गौतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । जसमा नेपाल प्रहरीका डीआईजी राजेशनाथ बास्तोला र गृहकै उप-सचिव कुलबहादुर जिसीलाई सदस्य तोकेको थियो । 

झट्ट हेर्दा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र असइ सञ्जय तामाङका कारण घटना भएको देखिए पनि यसको पछाडि उनीहरूका प्रमुखहरूको कमजोर नेतृत्व मुख्य कारण रहेको देखिएको छ ।  घटनाका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अर्जुन चन्द ठकुरीले प्रहरी र गोगनबहादुर हमालले अध्यागमन कार्यालयको नेतृत्व गरेका थिए । 

समितिले घटनाको सत्यतथ्य बुझ्‍न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्यान कार्यालयका प्रमुख प्रतापबाबु तिवारी,उपनिर्देशक बच्चुराम श्रेष्ठ, प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरी,अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल,एसएसपी दिपशमशेर राणाको बयान लिएको थियो । समितिले प्रहरी निरीक्षक निरला भण्डारी, प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल, प्रहरी नायव निरीक्षक दिपक केसी र कमलसिंह कुँवर,अध्यागमन अधिृकत छायाँलाल मोक्तान,खेमराज कोइराला र सन्तोष श्रेष्ठ,प्रहरी सहायक निरीक्षक संजय तामाङ,प्रहरी जवान रविरञ्जन कुमार गुप्ता र राजकुमार महतोको पनि बयान लिएको स्रोतले बताएको छ ।  

यस्तो छ छानबिन समितिको निष्कर्ष

छानबिन समितिले विमानस्थलमा खटिएका प्रहरी र अध्यागमन प्रमुखले आफ्नो मातहतका कर्मचारीलाई अनुशासन र नियन्त्रणमा राख्न नसकेको निष्कर्ष निकालेको छ । प्रहरी र अध्यागमनका कर्मचारीबीच एक आपसमा अविश्वास हुनु र एकअर्कामाथि निगरानी गर्नुले कुटपिटसम्मको अवस्था सिर्जना भएको छानबिन समितिको ठहर  छ ।

झट्ट हेर्दा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र असइ सञ्जय तामाङका कारण घटना भएको देखिए पनि यसको पछाडि उनीहरूका प्रमुखहरूको कमजोर नेतृत्व मुख्य कारण रहेको देखिएको छ ।  घटनाका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अर्जुन चन्द ठकुरीले प्रहरी र गोगनबहादुर हमालले अध्यागमन कार्यालयको नेतृत्व गरेका थिए । 

आफूभन्दा बरिष्ठ अधिकारीलाई कुटपिट गरेर प्रहरीले गैरव्यवसायिक आचरण देखाएको र अध्यागमन अधिकृतले समेत आफूभन्दा कनिष्ठ प्रहरी कर्मचारीप्रति उचित व्यवहार नगरेको छानबिन समितिको निष्कर्ष छ।

कब्जामा लिएका व्यक्तिलाई कुटपिट गर्नु प्रहरीको गम्भीर गल्ती भएको प्रतिवेदनको ठहर छ । कारवाही गर्नुको सट्टा कुटपिटमा ओर्लिनुले सर्वसाधारणले प्रहरीलाई कसरी विश्वास र भरोसा गर्छन् भन्ने प्रश्‍न समेत उब्जिएको प्रतिवेदनमा भनिएको छ । 

आफूभन्दा बरिष्ठ अधिकारीलाई कुटपिट गरेर प्रहरीले गैरव्यवसायिक आचरण देखाएको र अध्यागमन अधिकृतले समेत आफूभन्दा कनिष्ठ प्रहरी कर्मचारीप्रति उचित व्यवहार नगरेको छानबिन समितिको निष्कर्ष छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.