विश्वविद्यालयमा लागेको ताला खुल्यो

विश्वविद्यालयमा लागेको ताला खुल्यो
सुन्नुहोस्

राजविराज : राजनीतिक आशक्ति र हस्तक्षेपका कारण तीन साताअघि राजविराज नगरपालिका–३ स्थित मधेश कृषि विश्वविद्यालयमा लागेको ताला बिहीबार खुलेको छ।

विश्वविद्यालयबाट भएको कमी कमजोरी महसुस गरी आगामी दिनमा सबै राजनीतिक दल र प्रशासनसँग विश्वविद्यालयले समन्वय र सहकार्य गर्ने निर्णय भएपछि तालाबन्दी गर्ने जनमत पार्टी ताला खोल्न सहमत भएको हो। 

जनमत पार्टीले तालाबन्दी गर्दै दिएको ज्ञापनपत्रमा उठाइएका मागहरूका सन्दर्भमा विश्वविद्यालयले एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्ने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

विश्वविद्यालयका पदाधिकारी र स्थानीय प्रशासनसहित मुख्य राजनीतिक दलहरूबीच तीन बुँदे सहमति भएपछि ताला खुलेको विश्वविद्यालयका उपकुलपति बैद्यनाथ महतोले बताए। राजविराजस्थित जिल्ला समन्वय समितिमा भएको सर्वदलीय वार्तामा सहमति जुटेको नेकपा (एमाले) सप्तरी सचिव देवनाथ यादवले जानकारी दिए। 

तालाबन्दीको कारण विद्यार्थीहरू दैनिक रूपमा हुने पठनपाठनबाट वञ्चित थिए भने नयाँ विद्यार्थी भर्नाको काम समेत प्रभावित बनेको थियो। उक्त विश्वविद्यालयमा कृषि विज्ञानको स्नातक द्वितीय वर्षमा हाल ५० जना विद्यार्थी अध्ययनरत रहेको र ५० जना नयाँ भर्नाको क्रम बढाइएको उपकुलपति महतोले जानकारी दिए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.