नामिबियाविरुद्ध संकटमा नेपाल, पाचौं विकेट गुम्यो
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पाचौं विकेट गुमाएको छ। टस हारेर ब्याटिङ गरेको नेपालले नामिबियाविरुद्ध खराब प्रदर्शन गरेको हो।
१९ ओभरको पाँचौ बलमा कुशल मल्ल आउट भएका हुन्। जेरार्ड एरास्मसको बलमा टांगेनी लुंगामेनी मल्ललाई आउट गराएका हुन्। मल्लले १ छक्का र १ चौकासहित १५ रन बनाएर आउट भए।
त्यस अगाडि नामिबियाका ज्याक ब्रेसलको नेपालका कप्तान रोहित पौडेललाई आउट गराएका थिए। पौडेलले १३ बलमा १ रन बनाएर आउट भए। त्यस अगाडि ब्रेसलकै बलमा जेजे स्मिटले ओपनर आशिफ शेखलाई क्याच आउट गराएका थिए। शेखले ११ बलमा १ चौका मात्रै प्रहार गरेर बाहिरिए।
त्यस अगाडि नामिबियाका रुबेन ट्रम्पलम्यानले अनिल साहलाई आउट गराएका थिए। साहले ६ बलमा १ चौकासहित ८ रन बनाएर बाहिरिए।
त्यसैगरी ट्रम्पलम्यान कै पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेल जेजे स्मिटको हातबाट समातिएका थिए। नेपालले २१ ओभरको समाप्तिमा ६८ रन बनाएर खेलिरहेको छ। अहिले भीम सार्की र सोमपाल कामी क्रिजमा छन्।
आजको खेलमा देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र सूर्य तामाङ बेञ्चमा बसेका छन्। घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै खेलमा नेपालले हराएको थियो। यस अगाडि क्यानडाविरुद्धको सिरिजमा नेपालले क्लिन स्विप गरेको नेपाल पनि लिग २ मा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ।
एक दिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स र जिम्बावेलाई पछि पारेर टी-२० विश्वकपमा छनोट भएको नामिबिया नेपालका लागि चुनौती रहेको छ। नामिबिया पनि नेपाललाई पराजित गरेर सुख सुरुवात गर्ने लक्ष्य लिएको छ।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।
प्रतिक्रिया दिनुहोस !