नेपालले छैटौं विकेट गुमायो
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले नामिबियाविरुद्ध खराब प्रदर्शन गरेको हो।
२१ ओभरको चौथो बलमा सोमपाल कामी आउट भएका हुन्। जेरार्ड एरास्मसको बलमा कामीलाई जान फ्रिलिंकले क्याच आउट गराए। यस अगाडि कुशल मल्ल, कप्तान रोहित पौडेल, आशिफ शेख, अनिल साह, कुशल भुर्तेल आउट भएका थिए।
नेपालले २४ ओभरको समाप्तिमा ८३ रन बनाएर खेलिरहेको छ। अहिले भीम सार्की र गुलसन झा क्रिजमा छन्।
आजको खेलमा देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र सूर्य तामाङ बेञ्चमा बसेका छन्।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।
प्रतिक्रिया दिनुहोस !