आईसीसी क्रिकेट विश्वकप लिग-२

नेपालले नामिबियालाई दियो १३३ रनको झिनो लक्ष्य

नेपालले नामिबियालाई दियो १३३ रनको झिनो लक्ष्य
तस्बिर : क्यान

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर  ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो। 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। त्यसैगरी गुलशन झाले २१ रन, कुशल मल्ल १५ रन, करण केसीले १६ रन बनाए। कुशल भुर्तेल पहिलो बलमै आउट भए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नामिबियाका लागि जेरार्ड एरास्मसले सर्वाधिक ५ विकेट, रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २/२ विकेट र निकोल लोफ्टि-इटनले १ विकेट लिन सफल भए।

आजको खेलमा देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र सूर्य तामाङ बेञ्चमा बसेका छन्। 

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.