वाणिज्य बैंक पनि ‘क्लास जेड’मा

वाणिज्य बैंक पनि ‘क्लास जेड’मा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : वित्तीय रूपमा पारदर्शी, नियामक निर्देशन अक्षरंश पालना गर्ने तथा संस्थागत अनुपालनमा अब्बल मानिएका वाणिज्य बैंक पनि दोस्रो बजारको वर्गाीकरण सूचीअनुसार सबैभन्दा कमसल ठहरिएका छन्। नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीको वर्गीकरण गर्दै चारवटा वाणिज्य बैंकलाई सबैभन्दा खराब वर्ग अर्थात् ‘क्लास जेड’मा राखेको हो।

यी बैंकहरू कृषि विकास, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु बैंक हुन्। सबैभन्दा राम्रो वर्ग अर्थात् ‘क्लास ए’ मा ८ बैंक अटाएका छन्। बाँकी वाणिज्य बैंकको दोस्रो बजार वर्गीकरण मध्यम स्तरको छ।

नेपाल स्टक एक्सचेन्जले बिहीबार चालू आर्थिक वर्षको दोस्रो त्रैमास सकिँदा कम्पनीहरूको प्रस्तुतीकरणका आधारमा सो वर्गीकरण गरेको हो। नेप्सेको वर्गीकरणमा कुल ३१ कम्पनी क्लास ‘ए’ मा परेका छन्। पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार ३१ वटा कम्पनीहरू ‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंकसहित ७ वटा विकास बैंक, एउटा फाइनान्स, ६ वटा माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावर, नेपाल रि–इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल टेलिकम, हाइड्रोपावर इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक छन्।

क्लास ‘ए’ मा पर्ने विकास बैंकहरू गरिमा, लुम्बिनी, महालक्ष्मी, मितेरी मुक्तिनाथ, सांग्रिला र साइन रेसुंगा हुन्। आईसीएफसी फाइनान्स तथा छिमेक, फस्र्ट, जीवन विकास, साना किसान, एनआईसी एसिया र स्वावलम्बन लघुवित्त क्लास ‘ए’ मा अटाउँदा बुटवल पावर, चिलिमे हाइड्रोपावर र सानिमा हाइड्रोपावर पनि सो सूचीमा अटाएका छन्।

यता, ‘क्लास बी’ मा ३५ वटा कम्पनी, ‘जी’ मा ७० वटा र ‘जेड’ वर्गमा १३५ वटा कम्पनी छन्। नेप्सेले सूचीकृत कम्पनीहरूलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेड’ गरी ४ समूहमा वर्गीकरण गर्दै आएको छ। नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि आग्रह गरेको छ। नेप्सेको जेड वर्गीकरणमा परेका सम्पूर्ण कम्पनीहरू नियम अनुपालनामा खराब रहेको संकेत गर्छ।

क्लास जेडमा ४ वाणिज्य बैंकसहित ७ विकास बैंक, १३ वित्त कम्पनी, ३४ लघुवित्त, १७ वटा बिमा कम्पनी पनि परेका छन्। कतिपय कम्पनीहरूले क्रेडिट रेटिङ नगराएका तथा गरे पनि नेप्सेमा सो विवरण पेस नगरेका कारण क्लास ‘ए’ र ‘बी’ नसमेटिने गरेका छन्।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५, को विनियम ११ बमोजिम कम्पनीहरूको वर्गीकरण सूची सार्वजनिक गर्दै आएको छ। प्रकाशित वर्गीकरणबाट असन्तुष्ट कम्पनीहरूलाई कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन समय दिइएको छ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ‘ए’ मा रहने संगठित संस्थाको कम्तीमा १ अर्ब चुक्ता पुँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रही लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ।

वर्ग ‘ए’ जस्तै ‘बी’ मा पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्छन्। ‘बी’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पुँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन वर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसतभन्दा एक तहमुनिको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ‘ग’ मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ। यसरी ‘जी’ वर्गको वर्गीकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ‘जेड’ वर्गमा पर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.