बसिर अहमदले बनाए अर्धसतक

नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य
तस्बिर : क्यान

काठमाडौं : नेपाल ‘ए’ले  क्यानडा-११ लाई जीतका लागि २१७ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार जारी खेलमा निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २१६ रन बनाएको हो। 

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि विनोद भण्डारीले कप्तानको जिम्मेवारी सम्हालेका छन् ।

null

नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन बनाएर अविजित रहे। उनले ५५ बलमा १ छक्का ३ चौका प्रहार गरे। त्यसैगरी रशिद खानले ४० रन बनाए। उनले ६६ बलमा ४ चौका प्रहार गरे।

त्यसैगरी मयन यादवले ३५ रन, किरण थगुन्नाले २५ रन, सन्दीप जोराले १४ रन बनाए। प्रतिस जिसीले ४ रन, अर्जुन कुमालले ४ र विनोद भण्डारीले ५ रन मात्र जोड्न सके। शाहब आलमले २ रन बनाएर अविजित रहे। 

क्यानडाका लागि साद जफरले ३ विकेट, ईश्वरजोत सोहीले २ विकेट, डिलन हेलिगर, हर्ष ठाकर र शाहिद अहमदजाईले १/१ विकेट लिए।

नेपालको टोली : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रशिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.