सन्दीप जोराको कप्तानीमा क्यानडा-११ विरुद्ध फिल्डिङ गर्दै नेपाल ‘ए’
काठमाडौं : क्यानडा-११ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले फिल्डिङ गरिरहेको छ। मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। उनले क्यानडालाई ब्याटिङको निम्तो दिएका छन्।
नेपाल ‘ए’ले आज टोलीमा दुई परिवर्तन गरेर खेलेको छ। विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन्। पहिलो खेलमा क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ। मूलपानी मैदानमा नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९.३ ओभरमा पूरा गरेको थियो।
क्यानडाले ३ ओभरको समाप्तिमा १६ रन बनाएर खेलिरहेको छ।
नेपालको प्लेइङ ११ : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल
बेञ्च : विनोद भण्डारी, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी
प्रतिक्रिया दिनुहोस !