क्यानडा-११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य
काठमाडौं : एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ ले नेपाल ‘ए’लाई २४१ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो।
खेलमा क्यानडाका लागि श्रेयस मोभाले उत्कृष्ट ब्याटिङ गर्दै ६८ रन जोडेका थिए। त्यसैगरी नवनित धलिवलले ४६ रन, सृमन्थ विजयरत्नेले ४१ रन, आरोन जोन्सनले ३६ रन र डिलोन हेलीगरले १६ रनको योगदान दिए।
नेपालका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए। शेर मल्ल र राशीद खानले २-२ विकेट, सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए।
मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। उनले क्यानडालाई ब्याटिङको निम्तो दिएका छन्।
नेपाल ‘ए’ले आज टोलीमा दुई परिवर्तन गरेर खेलेको छ। विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन्। पहिलो खेलमा क्यानडा–११ सँग चार विकेटले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !