देउवा-दाहाल भेट

देउवाले भने- महासमिति बैठकमा जेजस्तो भएपनि वर्तमान गठबन्धन तलमाथि हुँदैन

देउवाले भने- महासमिति बैठकमा जेजस्तो भएपनि वर्तमान गठबन्धन तलमाथि हुँदैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेटन सभापति देउवा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । कांग्रेस महासमिति बैठक सकिएलगत्तै सभापति देउवा प्रधानमन्त्री दाहाललाई भेटन गएका हुन् । सभापति देउवाले महासमिति बैठकमा छलफल भएका विषय र निष्कर्ष प्रधानमन्त्री दाहाललाई सुनाएका थिए ।

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, वर्तमान सत्ता गठबन्धन,  महासमिति बैठकलगायत विषयमा छलफल भएको थियो । छलफलमा कांग्रसका प्रमुख सचेतक रमेश लेखक,उपप्रधानमन्त्री पूर्णबहादुर खडका,नेता कृष्णप्रसाद सिटौला उपस्थित थिए ।

महासमिति बैठकमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसले गल्ती गरेको र अबका निर्वाचनमा कांग्रेस एक्लै लड्ने विषयमा अधिकांशले आवाज उठाएका थिए । महासमिति बैठकमा  जेजस्ता विषयमाथि छलफल भएपनि वर्तमान गठबन्धन तलमाथि नहुने सन्देश सभापति देउवाले प्रधानमन्त्री दाहाललाई दिएको बालुवाटार स्रोतले बताएको छ । 

भेटमा कांग्रेसका नेताहरूले वर्तमान गठबन्धनको विकल्प नखोजिने र अहिलेकै गठबन्धनलाई बलियो बनाएर लैजान कांग्रेस तयार रहेको प्रचण्डलाई सुनाएका थिए । महासमिति बैठकमा वर्तमान सत्ता गठबन्धनको विषयमा भएको छलफलप्रति माओवादी नेतृत्व कांग्रेससँग सशंकित बनेको छ  । 

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालको बाक्लिएको पछिल्लो सम्बन्धलाई लिएर कांग्रेस समेत माओवादी केन्द्रसँग सशंकित बनेको छ।  राष्ट्रियसभा निर्वाचनमा कोशीमा आएको परिणामबाट माओवादी केन्द्र कांग्रेससँग थप चिढिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.