परम्परागत सिपको संरक्षण गर्दै अपांग र वृद्धा

परम्परागत सिपको संरक्षण गर्दै अपांग र वृद्धा
सुन्नुहोस्

दोलखा : जिल्लामा अपांग र वृद्धाहरूले मकैको खोस्टाबाट आकर्षक चकटी बुनेर आफ्नो परम्परागत सीप संरक्षण गर्न लागेका छन्। वृद्धा र अपांगलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ वडाले सहयोग गरेपछि मकैको खोस्टाबाट चकटी बुन्ने तालिम दिइएको अपांग संघका अध्यक्ष रामबहादुर तामाङले बताए। 

गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट चकटी बुन्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ भीमेश्वर नगरपालिका-३ को सहयोगमा अपांग संघ ले तालिम दिइएको हो। दोलखा आउने पर्यटक तथा दर्शनार्थीले  चिनोका रूपमा खोस्टाको आकर्षक चकटी खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ अपांग र वृद्धाहरूलाई तालिम दिइएको संघका सचिव मखन पाण्डेले बताए। 

स्थानीय स्रोत र साधनको प्रयोग परम्परागत सीपको संरक्षण गर्न, आधुनिकतासँगै घरमा पाहुना आउँदा प्रयोग हुने मकैको खोष्टाको चकटी हराउँदै गएकाले परम्परागत सीपलाई संरक्षण गर्ने लक्ष्यले तालिम आयोजना गरिएको  उनको भनाइ छ।

पहिले घरमा आएका पाहुनालाई नयाँ चकटी निकालेर बस्न दिने र चकटी बुन्ने सीप धेरै मानिसमा हुन्थ्यो अहिले प्लास्टिकले बनेका चकटी र अन्य विभिन्न कपडाले बनेका चकटी तथा  कुर्सीको प्रयोग बढ्न थालेपछि खोसेलाको चकटी देख्न पनि मुस्किल परेको छ। प्लास्टिकले बनेका र अन्य कपडाले बनेका चकटीले बजार लिन थालेपछि चकटी बुन्ने पेशा मात्रै नभइ चकटी नै लोप हुन थालेका छन्। 

यसले सीप मात्रै नभइ संस्कृतिमा समेत असर पारिरहेको छ। परम्परागत सीपको रुपमा रहेको खोसेलाको चकटी बुन्ने कामलाई पेशागत रुपमा विकास गर्न अपांग संघले पहल गरेको हो। भीमेश्वर नगरपालिका-३ चरिकोटमा रहेको अपांग संघले सरोकारवाला निकायहरूसँग पटक पटक स्थानीय सरकारलगायत सरोकारवाला निकायहरू अपांगमैत्री बन्नुपर्ने माग राख्दै आएको छ। 

शनिबार विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै सरोकारवाला निकायहरू अपांगहरूको  पहुँचमा हुनुपर्ने माग राखेका हुन्। 

दोलखामा २०७८ सालको जनगणना अनुसार १ लाख ७२ हजार ६ सय ६७ जना जनसंख्या रहेकोमा  ५ हजार ६ सयको संख्यामा अपांगता भएका व्यक्तिहरू रहेका छन्। तर त्यस्ता व्यक्तिहरूले निजी वा सार्वजनिक निकायबाट प्राप्त गरिने सेवा सुविधा सहज रूपमा प्रयोग गर्न पाएका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.