आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने महिला खेलाडीको बिदाइ

आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने महिला खेलाडीको बिदाइ

विराटनगर : अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्डो प्रतियोगितामा भाग लिन मलेसियातर्फ जान लागेकी एक जना महिला खेलाडीलाई आइतबार विराटनगरमा बिदाइ गरिएको छ। 

मलेसियामा यही फागुन १७ गतेदेखि २० गतेसम्म ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ हुँदैछ। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन मलेसियातर्फ जान लागेकी भोजपुरकी सजिना तामाङलाई बिदाइ गरिएको हो। भोजपुरको षडानन्द नगरपालिका घर भएकी तामाङले पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्। विगतमा पनि विभिन्न पदकहरू जितेकी छन्। 

मोरङको निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य जयप्रकाश चौधरी र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उनलाई संयुक्त रूपमा बिदाइ गरेका हुन्। प्रदेश खेलकुद विकास बोर्डमा कार्यक्रमको आयोजना गरेर तामाङलाई बिदाइ गरिएको हो। 

प्रदेश सांसद चौधरीले तामाङलाई जितको शुभकामना दिँदै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए। ‘खेलाडीहरूले आफ्नै लगानीमा खेलको अभ्यास गरेर राष्ट्रका लागि खेल्ने गरेका छन्,’ उनले भने, ‘खेल क्षेत्रको विकासमा सरकारसहित सबै पक्षको ध्यान जान जरुरी छ।’

सदस्य सचिव वाग्लेले प्रदेश सरकार खेल र खेलाडीप्रति उत्तरदायी भएर लागेको बताए। खेलाडीहरू स्वदेश वा विदेशमा हुने प्रतियोगितामा भाग लिन जाँदा आफ्नो खर्च गरेर जानुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘खेल क्षेत्र र खेलाडीको विकासका लागि अब सरकारले विशेष योजना ल्याउनुपर्छ,’ वाग्लेले भने, ‘कुनै पनि प्रतियोगिता खेल्न विदेश जाने खेलाडीको स्रोत सुनिश्चित हुनुपर्छ।’

प्रतियोगितामा जाने–आउने साथै खाने–बस्ने व्यवस्था राम्रो भएमा खेलाडीले उत्कृष्ट प्रर्दशन गर्नसक्ने उनको भनाइ छ। प्रदेश खेलकुद बोर्डले खेल र खेलाडीको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताहरूलाई सम्मान गर्ने प्रचलन बसाएको जानकारी वाग्लेले दिए। ‘देशमै पहिलोपटक हाम्रो प्रदेशका खेलाडीहरूलाई गतवर्ष पदकका आधारमा नगदका साथै सम्मानपत्रले सम्मान गरेका थियौं। धेरै वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते पनि खेलाडीलाई वास्ता गरिएन। उनीहरूलाई सरकारकोतर्फबाट हामीले योजना बनाएर नगदसहित सम्मान गरेका हौं। यसले खेलाडीको मनोवल उच्च हुन्छ,’ उनले भने।  

नेपाल अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीका मलेसियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट आईटीएफका ४ जना खेलाडीले सहभागिता जनाउने छन्। जसमा एक जना महिला खेलाडी तामाङ रहेकी हुन् । तामाङसहित खेलाडीहरू वीरेन्द्र कुँवर, देवेन्द्र सुनार र कैलाश अर्यालले प्रतियोगितामा भाग लिने जानकारी कार्कीले दिए। उनका अनुसार खेलाडीका साथमा अम्पायर विक्रम बाठा मगरसमेत मलेसिया जाने छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.