विराटनगरमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै, १० टिम सहभागी हुने

विराटनगरमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै, १० टिम सहभागी हुने

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा अबको एक सातापछि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ। क्रिकेट संघ मोरङको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप हुने भएको हो। 

संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी फागुन २२ गतेदेखि चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको तयारी थालिएको जनाएको छ। प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने छ। 

क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहने जानकारी दिए। उनका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतियोगितामा सहभागी हुने छन्। 

कुरैसीले समूह ‘क’मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेटिएको बताए। उनका अनुसार दैनिक २ वटा खेलहरु हुने छन्। पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुने अध्यक्ष कुरैसीको भनाइ छ। विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने जानकारी उनले दिए। 

उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने छ। पहिलो खेलमा गृह प्रदेशले कर्णालीको चुनौती सामना गर्ने कुरैसीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.