संसद र संसदीय समिति अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : खिमलाल देवकोटा

संसद र संसदीय समिति अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : खिमलाल देवकोटा

काठमाडौं : राष्ट्रियसभा बैठकमा संसद र संसदीय समितिलाई अवज्ञा गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने विषय उठेको छ। प्रधानमन्त्रीले बर्खास्त गर्ने विधि बसाल्नुपर्नेमा सांसदले जोड दिए।

फागुन २० गतेबाट पदावधि सकिन लागेका सांसद खिमलाल देवकोटाले बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै अवज्ञा गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने सुझाव दिएका हुन्।

'संसद र समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने विधि बसाल्नुपर्यो। तर, यसका लागि 'फ्याक्ट एन्ड फिगर'  रिसर्च हुनुपर्छ,'उनले भने,' मन्त्रीले अवज्ञा गर्यो भनेर भन्ने होइन । 'फ्याक्ट एण्ड फिगर ' रिसर्च बेस हुनुपर्‍यो ।  रिसर्चको युनियन छ। यसलाई बलियो बनाउनुपर्छ भन्ने मेरो सुझाव छ।'

उनले प्रतिनिधिसभामा भएको प्रतिपक्ष र सत्तापक्षको जुधाइँको चेपुवामा राष्ट्रियसभा पर्न दिन नहुने बताए। 'राष्ट्रियसभाको गरिमा बढाउने काम सभा सदस्यहरूको हो। कुनै पनि नयाँ विषयमा निर्णय लिनुभन्दा अघि प्रयाप्त छलफल गर्नु जरुरी छ, 'उनले भने,' संसदमा सरकारको छाया पर्न दिनुहुँदैना। प्रतिपक्ष र सत्तापक्षको जुधाइँको चेपुवामा राष्ट्रियसभा पर्न दिनु हुँदैन।'

बजेट निर्माणमा संसद पूर्णस्वायत्त नभएको भन्दै यसका लागि आवश्यक कानुन र नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ।

सांसद देवकोटाले सरकारलाई सांसदप्रति जवाफदेही बनाउन र सांसदले उठाएका सवालहरूको अध्ययन / अनुसन्धानका लागि संसद सचिवालयको अनुसन्धान महाशाखालाई  प्रयाप्त वित्तिय स्रोतसाधन र सुविधा सम्पन्न बनाउनुपर्ने सुझाव दिए।

देवकोटासहित २० जना सांसदको कार्यकाल यही फागुन २० गतेबाट सकिदैछ। रिक्त हुने पदमा एक महिना अगावै निर्वाचन भइसकेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.