दोलखाको च्छो-रोल्पा अस्पतालमा  सात केजीको ट्युमरको अप्रेशन

दोलखाको च्छो-रोल्पा अस्पतालमा  सात केजीको ट्युमरको अप्रेशन

दोलखा : च्छो–रोल्पा अस्पतालमा  सात केजीको ट्युमरको निःशुल्क अप्रेशन गरिएको छ। आर्थिक अभावकै कारण  एक वर्षदेखि पाठेघरमा पलाएको ट्युमरको पीडा सहेर बस्न बाध्य सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका-८ की ६७ वर्षीया धानीमाया तामाङको अस्पतालले निःशुल्क अप्रेशन गरिदिएको हो। 

पाठेघरको ट्युमरका कारण आमाले विगत एक वर्षदेखि पेटको पीडा खप्दै आएको छोरा अनिल लामाले बताए। दोलखा सदरमुकाम चरिकोटको च्छो– रोल्पा अस्पतालमा डा. विनोद दंगालको टिमले निःशुल्क अप्रेशन गरी सात केजीको ट्युमर निकालीदिएपछि उनले नयाँ जीवन पाएकी हुन्। 

उनको परिवार आर्थिक रुपमा अत्यन्तै नाजुक रहेकोले साँगागढीचोक नगरपालिका-८ ले सहुलियतका लागि सिफारिस गरेको थियो। अस्पतालले आमाको निःशुल्क अप्रेशन गरिदिएर  विपन्न परिवारलाई खुशी मिलेको धानीमायाका होरा अनिलले बताए। चरिकोटको च्छो– रोल्पा अस्पतालले पाठेघरको ट्युमरको निःशुल्क अप्रेशन नगरिदिएको भए आर्थिक अभावककै कारण अरु कति वर्ष आमाले पीडा खप्नुपर्ने थियो,' उनले भने।

विपन्न वर्गको मानिसले आर्थिक अभावकै कारण रोग पालेर बस्न नपरोस भन्ने उदेश्यले धानीमायाको निशुल्क शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताए। अस्पतालले औषधिको केही शुल्क बाहेक शल्यक्रियासहित अन्य खर्च नलिएको डा.दंगालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.