७ केजीको ट्युमरको नि:शुल्क अप्रेसन

७ केजीको ट्युमरको नि:शुल्क अप्रेसन

दोलखा : च्छोरोल्पा अस्पताल दोलखामा सात केजीको ट्युमरको नि:शुल्क अप्रेशन भएको हो। आर्थिक अभावकै कारण विगत एक वर्षदेखि पाठेघरमा पलाएको ट्युमरको पीडा सहेर बस्न बाध्य सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका–८ की धानीमाया तमाङको चरिकोट स्थित च्छोरोल्पा अस्पतालले नि:शुल्क अप्रेसन गरिदिएको छ। 

पाठेघरको ट्युमरका कारण आमाले विगत एक वर्षदेखि पेटको पीडा खप्दै आएको छोरा अनिल लामाले बताए। दोलखा सदरमुकाम चरिकोटको च्छो– रोल्पा अस्पतालमा डा. विनोद दंगालको टिमले नि:शुल्क अप्रेसन गरी सात केजीको ट्युमर निकालीदिएपछि आमाले नयाँ जीवन पाएकी हुन्। 

६७ वर्षीय धानीमाया तमाङको परिवार आर्थिक रूपमा अत्यन्तै नाजुक रहेकाले साँगागढीचोक नगरपालिका–८ ले सहुलियतका लागि सिफारिस गरिदिएपछि अनिल आमाको उपचारका लागि शुक्रबार चरिकोट स्थित च्छोरोल्पा अस्पताल आएका हुन्। निजी अस्पतालले आमाको नि:शुल्क अप्रेसन गरिदिएर विपन्न परिवारलाई खुसी मिलेको धानीमायाका होरा अनिलले बताए। चरिकोटको च्छोरोल्पा अस्पतालले पाठेघरको ट्युमरको नि:शुल्क अप्रेसन नगरिदिएको भए आर्थिक अभावकै कारण अरू कति वर्ष आमाले पीडा खप्नुपर्ने थियो उनले भने।

विपन्न वर्गको मानिसले आर्थिक अभावकै कारण रोग पालेर बस्न नपरोस भन्ने उद्देश्यले धानीमायाको नि:शुल्क शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले बताए। धानीमायालाई एक वर्ष अघिदेखि पाठेघरसम्बन्धी समस्या देखिएको र आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नसकेको देखिएपछि नि:शुल्क शल्यक्रिया गरिदिएको उनको भनाइ छ। च्छो–रोल्पा अस्पतालले औषधिको केही शुल्क बाहेक शल्यक्रियासहित अन्य खर्च नलिएको डा.दंगालको भनाइ छ। धानीमायाको पाठेघरको ट्युमरको अप्रेसन अन्य अस्पतालमा गरिएको भए झन्डै ७० हजार खर्च हुने डा. दंगालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.