कांग्रेस महासमिति बैठकबाट प्रधानमन्त्री तर्सिनुभयो

कांग्रेस महासमिति बैठकबाट प्रधानमन्त्री तर्सिनुभयो
सुन्नुहोस्

डिगबहादुर लिम्बू

नेपालको राजनीति अस्थिर छ। यो अवस्था आउँछ भन्ने लागेकै थियो। अहिले नभए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री हस्तान्तरण गर्ने बेला यो अवस्था आउन सक्थ्यो। अहिले पनि उहाँले औपचारिक रूपमा राजीनामा दिनु भएको छैन। पाँच वर्षसम्म गठबन्धन गर्ने प्रतिबद्धता गरिएको थियो। प्रधानमन्त्रीले नै गठबन्धनको क्रमभंगता गर्नुभयो। 

सरकारको प्रभावकारिताका विषयमा पटकपटक छलफल ग¥र्यौं। काममा किन ढिलासुस्ती भयो भनेर मन्थन ग¥र्याैं। हाम्रो कामको असन्तुष्टिका विषयमा हामीले कस्को कार्यशैलीबाट असन्तुष्ट हुनुहुन्छ तुरुन्त फेर्नुहोस्, हामी बाटो खुला गर्छौं भनेकै थियौं। सबै कामको प्रक्रिया गएर अर्थ मन्त्रालयमा ठोक्किने रैछ। अर्थमा विधि प्रक्रिया मिचियो भन्ने गुनासो प्रधानमन्त्रीको थियो। स्रोत सुनिश्चितताका विषयमा देशको अर्थतन्त्र कमजोर भएका कारण अनुशासन कायम गर्नुपर्छ भनेर कार्यविधि पनि तयार गरिएको थियो। कार्यविधिमा स्रोत सुनिश्चितताको विषयमा २५ प्रतिशत लागत हुनुपर्ने कार्यविधि आयो। कार्यविधि बनेर बजेट आउँदा प्रभावकारी देखिन्थ्यो। तर, बजेट पहिले र कार्यविधि पछि आयो। यही कारण अर्थ मन्त्रालय आलोचित बन्यो।  

नेपाली कांग्रेसको महासमिति बैठकमा गरिएको वैचारिक बहसले प्रधानमन्त्री तर्सिनुभयो। गठबन्धन गर्ने कि नगर्ने विषयमा पार्टीमा छलफल भयो। त्यो विषय पार्टीमै सीमित थियो। गठबन्धन अहिले जरुरी छैन भन्ने मात्र उहाँले बुझ्नुभयो। यो कांग्रेसको आन्तरिक र पछि २०८४ को चुनावका लागि हो भनेर उहाँले बुझ्न सक्न ुभएन। पार्टी सभापतिले कांग्रेसभित्रको छलफलले अहिलेको गठबन्धनलाई कुनै असर पार्दैन भनेर आश्वासन दिनु भएको थियो। प्रधानमन्त्रीनै सशंकित हुनुभयो। 

(लिम्बू, निवर्तमान युवा तथा खेलकुदमन्त्री हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.