सेयर बजारमा एकल अंकको सुधार, तीन अर्बको कारोबार

सेयर बजारमा एकल अंकको सुधार, तीन अर्बको कारोबार

काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक एकल अंकले बढेको छ। नयाँ सरकारको अर्थमन्त्री वर्षमान पुन बन्ने निर्णयसँगै   सेयर बजारले हरियो सिग्नल दिएको लगानीकर्ताहरू बताउँछन्।

अघिल्लो कारोबार दिन मंगलबार ७० अंक बढीले घटेको बजारमा आज एकल अंकको सुधार आएको हो। सो दिन ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स  ०.२९ प्रतिशतले बढेर ३५८.३७ विन्दुमा पुगेको हो।  यसदिन ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँमा खरिदबिक्री भए।  कारोबार रकम मंगलबारको तुलनामा कम हो।

सामान्य अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको हो।
 स्वरोजगार  लघु वित्त विकास बैंक,जोशी हाइड्रोपावर डेभलपमेन्ट,गुराँस फाइनान्स र सीवाईसी नेपाल लघुवित्तीय संस्थाको मूल्य ८ प्रतिशत बढिले बढ्यो।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ३७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। शिवम् सिमेन्टको २७ करोड मूल्य बराबरको कारोबार हुँदा हिमालयन रिइन्स्योरे‍न्सको १३ करोड,घोराही सिमेन्ट इन्डस्ट्रीको १२ करोड र एनआरएन ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन ९ उपसमूहको सूचक बढ्दा चारवटा उपसमूहको सूचक भने घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.