लोकसेवा आयोगको राष्ट्रिय सम्मेलन सुर्खेतमा

लोकसेवा आयोगको राष्ट्रिय सम्मेलन सुर्खेतमा
सुन्नुहोस्

वीरेन्द्रनगर : लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ। प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरूको राष्ट्रिय सम्मेलन हुने गरेको छ। यो वर्षको उक्त सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा बुधबारदेखि सुरु भएको हो। 

लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै संघीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोकसेवा आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउनुपर्ने बताए। उनले संघीय लोकसेवा आयोगले बनाएको आफ्नो इमेज जस्तै प्रदेश लोकसेवा आयोगहरूले पनि आम सरोकारवालाहरूको विश्वास जित्नुपर्ने बताए। 

उनले भने, ‘लोकसेवा आयोगहरूले सरकारी जागिर खान मेहनत गर्ने सबैंको भरोषाको केन्द्र बनाउनुपर्छ। यी संस्थाको गरिमालाई अझै बढोत्तरी गरी आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउनेतर्फ लोकसेवा आयोग र प्रदेश लोक सेवा आयोगबिच प्रभावकारी सहकार्य र समन्वय हुन जरुरी छ।’

योग्यता प्रणालीका आधारभूत मूल्य मान्यता, सिद्धान्त, मापदण्ड तथा विधि प्रविधिको पूर्ण अनुसरण र समयानुकूल परिष्कृत गर्दै लैजानु, राजनीतिक, सामाजिक र व्यक्तिगत सम्बन्धका आधारमा पर्न सक्ने प्रभाव, दबाब र आग्रहबाट मुक्त भई निष्पक्ष भर्ना र छनोटद्वारा राज्यको सेवामा वर्तमान र भावी चुनौतीको सामना गरी राज्यलाई निकास दिनसक्ने योग्य जनशक्ति प्रवेश गराउनु आयोगको मूल उद्देश्य रहेको छ। सम्मेलनमा सातवटै प्रदेशका प्रदेश लोकसेवा आयोगका अध्यक्षहरूले आयोगमा जनशक्ति अभाव रहेको, शून्य अवस्थाबाट काम गर्नुपरेको, संघीय निजामती सेवा ऐन नबन्दा काम गर्न नसकिएको, समावेशी आयोगले कार्य सम्पादनमा केही कठिनाइ आएको जस्ता समस्याहरू सुनाएका थिए। सुदूरपश्चिम प्रदेश योजना आयोगका अध्यक्ष यज्ञराज बोहरा, कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, लुम्बिनी प्रदेश योजना आयोगका अध्यक्ष डिलाराम भट्टराई, गण्डकी प्रदेश योजना आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश योजना आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश योजना आयोगका सदस्य सजना दाहालले आ–आफ्नो प्रदेशमा भए गरेका कामहरूका बारेमा जानकारी गराएका थिए। 

सम्मेलनमा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले लोकसेवा आयोगको गरिमा र साखलाई प्रदेश लोकसेवा आयोगले पनि बचाउन सफल भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.