प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै कांग्रेसले ह्विप जारी  गरेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जारी गरेको ह्विपमा भनिएको छ,'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ।'

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार मंगलबार कार्य समितिको बैठकमा विश्वासको मतको विषयमा छलफल हुनेछ र सभामुखले संभवत: प्रधानमन्त्रीले मागेको समयमा नै विश्वासको मत लिने समय कार्यसूचीमा राख्नेछन्।

गत सोमबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहकार्यमा चार दलीय गठबन्धन बनाउँदै कांग्रेससँगको सहकार्य तोडेका छन्। नयाँ सत्ता समीकरणअनुसार  नयाँ सरकार गठन भएपछि कांग्रेसले समर्थन फिर्ता  लिएको हो। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। 

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.