कांग्रेसलाई ओलीले प्रश्न - पोहोर नमागेरै प्रचण्डलाई मत दिने, अहिले माग्दा पनि किन नदिने ?

कांग्रेसलाई ओलीले प्रश्न - पोहोर नमागेरै प्रचण्डलाई मत दिने, अहिले माग्दा पनि किन नदिने ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत मागेका  छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काउनुको कारणबारे दिएको तर्क अर्थपूर्ण रहेको बताए।

उनले प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने धारणा व्यक्त गरे।

उनले भने,'प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनुपर्नका कारणबारे भनेका कुराहरू चित्तबुझ्दा छन्। पोहोर साल पनि यस्तै अवस्था थियो। नेपाली कांग्रेसले भोट नै नमागिकन, हतारिएर, हौसिएर समर्थन गरेको थियो। अहिले चाहि किन समर्थन नगर्ने?'

अध्यक्ष ओलीले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने भन्दै प्रश्न समेत गरे।  उनले भने, ' नेपाली कांग्रेससँगै अन्य दलहरूसँग भोट माग्नु भएको छ। नेपाली कांग्रेसले अगाडि अगाडि लागेर भोट दिए हुन्छ।'

उनले रचनात्मक प्रतिपक्ष र सृजनात्मक सत्ता पक्ष भएन भने संसद प्रभावकारी नहुने बताए।  ओलीले नयाँ परिवेश बनेको भन्दै सबै दल मिलेर राष्ट्र निर्माणमा जुट्न आग्रह गरे। ओलीले मुलुकको  परिस्थिति सुखद नभएको बताए। उनले विभिन्न नाममा राष्ट्रिय एकतालाई खोक्रो बनाउने प्रयास भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.