'आफ्नै निर्वाचन क्षेत्रका नागरिकको उद्दार गर्न नसक्ने प्रधानमन्त्रीले आम नागरिकको उद्धार कसरी गर्छन्?'

'आफ्नै निर्वाचन क्षेत्रका नागरिकको उद्दार गर्न नसक्ने प्रधानमन्त्रीले आम नागरिकको उद्धार कसरी गर्छन्?'

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रसियामा अलपत्र परेका नेपालीहरूको उद्दारमा सरकार उदासिन रहेको आरोप लगाएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले रुस-युक्रेन युद्धमा फसेका नेपालीहरूको समयमै उद्धार नहुँदा देशमा सरकार नभएको अनुभूति भएको बताए।

राप्रपा प्रवक्ता शाहीले रसियामा फसेका पाँचजना नेपालीले नेपाल सरकारबाट उद्धार नभएपछि भारत सरकारलाई उद्दार गरिदिनुपर्‍यो भन्दै सहयोग माग्नु लज्जास्पद भएको बताए। उनले विदेशमा युद्धमा फसेका आफ्ना नागरिकको उद्दार गर्न नसक्ने प्रधानमन्त्री पुष्मकल दाहाल 'प्रचण्ड  'नागरिकप्रति संवेदनशील नभएको आरोप लगाए।

'रसियामा अलपत्र परेका पाँचजना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्दार गरिदिनुपर्‍यो भनेर सहयोग मागेका छन्। यसो हेरे सरकार छ। कुर्सी छ। कहिले वारी कहिले पारी, 'उनले भने,' नाम हो कुमार श्रेष्ठ। घर हो गोरखा। आज रसियन आर्मीमा भर्ना भएर उहाँले गोली हान्नुहुन्छ। उहाँले हानेको गोली लागेर  चिच्याउने युक्रेनबाट छन्। उनी हुन संखुवासभाका । यताको नेपालीले उताका नेपालीलाई गोली हान्छन्। गोखराबाट प्रधानमन्त्री हुनुहुन्छ। परराष्ट्रमन्त्री हुनुहुन्छ। जब आफ्नै निर्वाचन क्षेत्रको एकजना नागरिकको उद्दार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले देशका जनताको उद्दार गर्छन् भनेर कसरी पत्याउने।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.