दोलखाको गौरीशंकरमा हेलिप्याड निर्माण

दोलखाको गौरीशंकरमा हेलिप्याड निर्माण
सुन्नुहोस्

दोलखा : गौरीशंकर गाउँपालिका-९ को रोल्वालिङ उपत्यकामा पर्ने विकट ना गाउँ र वेदिङमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ। ४२ सय मिटरको उचाइमा रहेको अति दुर्गम तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिने ना गाउँ र वेदिङमा स्थानीय सरकार र जनश्रमदानबाट दुईवटा हेलिप्याड निर्माण गरेको हो। 

स्थानीय सरकारको पाँच लाख र स्थानीयको जनश्रमदान तथा सर्वदान भन्ने मूल नाराको साथ श्रमदानबाट निर्माण सम्पन्न गरेको गौरीशंकर गाउँपालिका-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए। हिमाली भेग नागाउँ प्रशस्त स्रोत साधन छन्। परिचालनका लागि स्थानीय सरकारसँग योजना तथा बजेट सीमित छन्। 

वस्तुनिष्ठ समस्यालाई बुझेर पनि चाहे जति सम्बोधन गर्न नसकिरहेको अवस्थामा जनताहरूलाई स्थानीय सरकार छ भन्ने महसुस गराउन तत्काल विपत्तिमा उद्धारका निमित्त हेलिप्याड निर्माण गरेको गौरीशंकर गाउँपालिका-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए। 

भूगोलका कारण विभिन्न अप्ठ्याराहरू छन्। वर्षातको समयमा यातायात ठप्प हुने महसुस गरी बिरामी तथा सुत्केरीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा सहजताका लागि हेलिप्याड निर्माण गरेको अध्यक्ष शेर्पाको भनाइ छ। गौरीशंकर गाउँपालिका-९ बेदिङ रोल्वालिङ उपत्यका अति दुर्गम भेगमा कोही बिरामी भए तत्काल अस्पताल लैजानका लागि सडक यातायातको अभाव वर्षाको समयमा समस्या हुने गरेको रोल्वालिङ उपत्यकाका गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष निमा तेञ्जिङ शेर्पाले बाताए।

अत्यन्त चिसो मौसमले गर्दा त्यहाँको जीवन कष्टकरपूर्ण छ। ७२ घरपरिवार बसोबास गर्दै आएको नागाउँमा मसिंरदेखि चैतसम्म धेरै हिउँ पर्ने हुँदा त्यहाँका स्थानीय वेदिङमा बसोबासका लागि झर्ने गर्छन्। विश्वको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल नजिकैको पर्यटकीय क्षेत्र भएकाले त्यहाँका बासिन्दा होमस्टे र होटल चलाएर जीविकोपाजर्न गर्दै आएका छन्। हेलीप्याड निर्माण भएपछि पर्यटकहरूलाई पनि सहज हुने स्थानीयको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.