सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि घट्दै
काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। यसदिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स भने ०.५३ अंकले बढेको छ।
यसअघि दुई कारोबार दिन आइतबार र सोमबार नेप्सेमा गिरावट आएको थियो। आइतबार १७.३० अंकले घटेको नेप्से सोमबार ६.२६ अंकले घटेको थियो। सोमबार २ अर्ब ८७ करोडको सेयर कारोबार भएकोमा आइतबार ३ अर्ब २ करोडको कारोबार भएको थियो।
यसदिन ३१२ स्क्रिप्सको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम सोमबारको तुलनामा कम हो।
सामान्य अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्तीय वित्तीयको सेयर १० प्रतिशतले बढ्दा गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ९.९५ प्रतिशतले बढ्यो।
उपकार लघुवित्त वित्तीय संस्थाको ८.६४,विन नेपाल लघुवित्त वित्तीयको ६.९४ र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर ६.५० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा गोरखाज फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
सर्वोत्तम सिमेन्टको ९ करोड,तारागाउँ रिजेन्सीको ७ करोडको सेयर कारोबार भयो। ६ समूहको उपसूचक सकारात्मक देखिँदा ७ वटाको सूचक नकारात्मक देखिएका छन्।
कारोबारमा आएका १०९ स्क्रिप्सको मूल्य बढ्दा १२७ वटाको मूल्य ओरालो लागेको हो। ८ वटा उपसमूहको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !