एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकको १०औ जिल्ला अधिवेशनबाट अधयक्षमा होमनारयण श्रेष्ठ निर्वाचित भएका छन्। 

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि सोमबार निर्वाचन भएको थियो। आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार गाउँपालिका महासंघका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले अर्का उम्मेदवार निवर्तमान अध्यक्ष कमल नेपाललाई १४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

श्रेष्ठले ३ सय ६३ मत ल्याएका थिए भने नेपालले ३ सय ४९ मत ल्याएका थिए। उपाध्यक्षमा नेपाल प्यानलका अर्जुन भण्डारी निर्वाचित भएका छन्। भण्डारीले ३ सय ४५ मत पाउदा उनका प्रतिष्पर्धी श्रेष्ठ प्यानलका विष्णुमणी आचार्यले ३ सय ७ मत ल्याएका थिए।

त्यस्तै सचिवमा पनि नेपाल प्यानलकै कृष्णगोपाल तामाङ निर्वाचित भएका छन्। तामाङले ४ सय ३ मत ल्याएका थिए भने श्रेष्ठ प्यानलबाट सचिवमा उम्मेदवारी दिएका यज्ञराज सापकोटाले २ सय ७० मत मात्रै ल्याएका छन्। उपसचिव खुलामा पनि नेपाल प्यानलका शिवहरी सापकोटा निर्वाचित भएका छन्। सापकोटाले ३ सय ३६ मत ल्याएका थिए भने अर्का उमेदवार विजयकृष्ण श्रेष्ठले ३ सय १३ मत पाएका छन्। 

उप-सचिव महिलामा शुसिला पाख्रीन निर्वाचीत भएकी छन्। उनले ४ सय ५६ मत पाउदा प्रतिष्पर्धी शोभा कार्कीले २ सय ८ मत मात्रै पाएकी छन्। लेखा आयोग अध्यक्षमा नेपाल प्यानलबाट नेत्रप्रसाद पौडेल निर्वाचित भएका छन् भने सचिवमा श्रेष्ठ प्यानलका उमेश थापा निर्वीरोध निर्वाचीत भएका छन्।

वर्तमान जिल्ला अध्यक्ष समेत रहेका नेपाललाई एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाल लगायत प्रदेश स्तरका नेताहरुले सहयोग गरेका थिए भने श्रेष्ठलाई स्थाई कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य दावा तामाङ, सरेश नेपाल, समाजवादीबाट एमालेमा आएका सुवास कर्माचार्य लगायतका नेताहरुले सहयोग गरेका थिए।

१०औ जिल्ला अधिवेशनबाट एमाले सिन्धुपाल्चोकमा नयाँ नेतृत्व छनोट हुदै गर्दा कार्यकर्ताहरु भने वडा तहसम्म प्रष्टरूपमा दुई गुटमा विभाजन भएका छन्। सहमतिको प्रयास नभए पछि नेतृत्व चयनको लागि मतदान गरिएको थियो। अधिवेशन गत चैत १६ बाट सुरु भएको थियो।
 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.