दोलखामा नदीमा नुहाउन गएका दुई जना बेपत्ता
दोलखा : गौरीशंकर गाउँपालिका –८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।
गौरीशंकर गाउँपालिका-८ टुयिनटारमा नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका हुन्। शुक्रबार अपरान्ह मलाम गएका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट सिमबहादुरले बोकेको खुकुरी र ज्याकेट तथा जयबहादुरको ट्रयाक र मोबाइल फेला परेको छ। बेपत्ता भएकाहरूको स्थानीयले खोजी कार्य जारी राखेका छन्। बेपत्ताको खोजीका लागि प्रहरी पनि घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।