प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढयो
काठमाडौं: प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ०.७७ अंकले बढेर १९७२.९२ विन्दुमा पुगेको हो। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ।
आज प्री ओपन सेसनमा २९ स्टकको २ हजार ६४८ कित्ता सेयर १४ लाख २४ हजार ७७८ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका स्टकमध्ये ९ वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी ४ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।