विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा गाउँमै

विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा गाउँमै
सुन्नुहोस्

तानसेन : कामको सिलसिलमा जन्मथलो छाडेर अन्यन्त्र बसिरहेका रहेका व्यक्तिहरूको सहयोगमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा गाउँमै सञ्चालन गरिएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरीमा  वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

भुवनपोखरीबाट रुपन्देहीमा कर्मथलो बनाएर बसेका व्यक्तिहरूको सहयोगमा शिविर सञ्चालन गरिएको हो। जन्मस्थानको मायाकै कारण भुवनपोखरीमा जनमुखी काम भएको छ।  

वडा कार्यालय भुवनपोखरीको स्थानीय आयोजनामा  एकैपटक दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा जनताले गाउँ ठाउँमै निःशुल्क पाएका छन्। आफ्नो जन्मस्थानमा केही गरौ भन्ने हुटहुटि जागेकाले विभिन्न संघ संस्था, साथीहरुसँग समन्वय गरेर शिविर गरिएको शिविरका संयोजक एवं सुगर प्रेसर थाइराइड दम पेट छाती रोज्ञ विशेषज्ञ लुम्बिनी प्रादेशिक अस्पतालका  चिकित्सक डा. प्रकाश  भट्टराईले बताए। 

भुवनपोखरी रुपन्देही सम्पर्क समाजले लुम्बिनी प्रादेशिक अस्पताल,निरोग स्वास्थ्य क्लिनिक बुटवल, अस्मित फाउण्डेसन काठमाडौंमा सहयोगमा वडा कार्यालय भुवनपोखरीको स्थानीय आयोजनामा स्वास्थ्य सेवा प्रदान गरेको हो। 

पैसाको अभावमा रोगहरु लुकाएर बसेका, जनचेतना अभावको कारण नियमित स्वास्थ्य चेकजाँच नगरेको व्यक्तिहरु तथा नियमित औषधी खाइरहेका व्यक्तिहरुले घरदैलोमै  रोग अनुसारको उपचार गर्न पाए।  

लुकेर रहेका बिरामीहरुलाई औषधी उपचारको पहुँचमा ल्याउन, रोग लागिसकेपछि समयमै उपचार गर्नुपर्ने चेतना दिन र पैसाकै कारण उपचारबाट बञ्चित हुन नदिनका लागि शिविर आयोजना गरिएको भुवनपोखरी रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिताराम भट्टराईले बताए।

निःशुल्क बृहत स्वास्थ्य शिविरमा सुगर प्रेशर थाइराइड दम पेट छाती रोज्ञ  नाक, कान घाटी रोग, प्रसुती तथा स्त्री रोग वालरोग, हाड जोर्नी, नशा, बाथ रोग, एक्सरे, भिडियो एक्सरे, ईसिजी, मुटुरोग, फिजियो थेरापी, ल्याव सेवा सहित विशेषज्ञ उपचार सहित औषधी पाउदा जनताहरु खुसी भएका छन्। 

शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुगर प्रेसर थाइराइड दम पेट छाती रोज्ञ विषेशज्ञद्वय डा. नन्दु पाठक, प्रकाश भट्टराई  नाक, कान घाटी रोग विशेषज्ञ विवश पराजुली, रेडियोलोजिष्ट डा. सुरेन्द्र रायमाझी, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा ज्योती श्रेष्ठ, मेडिकल अफिसर डा. कल्पना न्यौपाने र डा गोकुल पौडेलले प्रत्यक्ष रुपमा बिरामीको चेकजाँच गरेका थिए। 

यसैगरी कीर्तिपुर अस्पताल काठमाडौंका बालरोग विशेषज्ञ श्रीधर खनाल, लुम्बिनी नर्सिङ होम, हाड जोर्नी, नशा, बाथ रोग विशेषज्ञ डा. हिरामणी पौडेल, आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. अनिल खनाल, नवजिवन फिजियो रिहावका फिजियो थेरापिष्ट डा. मिलन के.सी.ले जनताहरु लाई निःशुल्क रुपमा आवश्यकता अनुसारको उपचार सेवा प्रदान गरेर जनतालाई खुसी बनाएका छन्।  

‘मलाई लामो समयदेखि खुट्टाको घुँडा दुखेको थियो, डाक्टर राम्रोसँग चेकजाँच गरिदिनुभयो, पैसा पनि तिर्न परेन, दवाई पनि निःशुल्क दिनुभयो  अब सन्चो हुन्छ होला भन्ने विश्वास लागेको छ,’ वीरबहादुर नेपाली भने। 

शिविरमा १ हजार २० जना  बिरामी निःशुल्क रुपमा उपचार तथा औषधी सेवा पाएका छन । पछाडी परेका बर्ग, आर्थिक अवस्था कमजोर भएका पक्ष, विशेषज्ञ सेवा सम्म नपुगेका व्यक्तिहरु लाई लक्षित गरेर घरदैलोमै उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष प्रदिप पौडेलले बताए । आगामी दिनमा पनि वडा कार्यालयले स्वास्थ्य, कृषि, पशु, गाउँमा आवश्यकता अनुसारको शिविरहरु सञ्चालन गर्दै जाने वडा अध्यक्ष पौडेलले बताए । 

‘आफ्नो जन्मस्थानप्रति माया, सद्‍भाव बढाउन, पालिकाभित्र विकास र सेवाहरु बढाउन निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ।  यस्ता कार्यक्रहरुलाई वडा वडामा सञ्चालन गर्न पालिकाले आवश्यक सहयोग र समन्वय सहकार्य गर्दै आएको छ,’ रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले भने। 

गाउँपालिकाले जनताको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको र स्वदेश तथा विदेशमा रहेका रैनादेवीछहराबासीसँग समन्वय, सहकार्य गरेर शिविर जस्ता नविन कार्यक्रमहरु सञ्चालन गर्दै जाने अध्यक्ष भट्टराईले बताए। 

जन्मभूमिप्रतिको मायाँ सद्‍भाव अभियान हरेक पालिका, हरेक वडा वडामा सञ्चालन गर्न जरुरी देखिन्छ। जसको कारण जनताले निःशुल्क रुपमा सेवा र विकास पाउने, सहयोगीहरुको मन खुसी र आनन्द  रमाउने गर्दछ। जन्मभुमि प्रतिको सद्‍भाव मायाले यस्ता अभियानमा खर्च हुँदै आएको सरकारको करोडौ रकम अन्य क्षेत्रमा लगाउन सकिने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.