भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
फाइल तस्बिर

काठमाडौं : दुई दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन्। नेपाल एयरलायन्सको विमानबाट उनी काठमाडौं फर्किएका हुन्।

तेस्रो कार्यकालका लागि भारतको नियुक्त भएका नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार नयाँ दिल्ली गएका थिए। राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा प्रधानमन्त्री दाहाल सहभागी भएका थिए। 

प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए। उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो।

त्यस्तै प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मु, नवनियुक्त मन्त्री एस जयशंकर, भारतीय व्यवसायीलगायतसँग भेटवार्ता गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.