नुहाउन गएकी महिलाको सुनकोशीमा डुबेर मृत्यु

नुहाउन गएकी महिलाको सुनकोशीमा डुबेर मृत्यु
सांकेतिक तस्बिर।

सिन्धुली : सुनकोसी नदीमा नुहाउन गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका -६ हैबारबेसीमा डेरा गरी बस्ने मुकाबहादुर हायुकी श्रीमती ३० वर्षीय चन्द्रकला हायु रहेकी छिन । 

सोमबार दिउँसो सुनकोसी नदीमा नुहाउन जाँदा हायुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गामा चिप्लिएर नदीमा वेपत्ता भएपछि खोजी गर्दा  सुनकोस नदीको बीच भागमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

'नुहाउने क्रममा चिप्लिएर नदीमा डुबेकी हायूको स्थानीय प्रहरी र आफन्तले खोजतलास गरी शव फेला परेको र पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ,’प्रहरी प्रमुख काफ्लेले भने।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हायुको स्थायी घर गोलन्जोर गाउँपालिका  ६ कै  मेवाबोट हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.