तेक्वान्दो कभर्ड हल निर्माण
नुवाकोट : नुवाकोटको सूर्यगढीमा तेक्वान्दो कभर्ड हल निर्माण गरिएको छ। सूर्यगढी गाउँपालिका-३ चोकदेमा कभर्ड हलको निर्माण सम्पन्न भएको हो।
३२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको कभर्ड हलको एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले संयुक्त रूपमा उद्घाटन गरे।
कभर्ड हल निर्माणका लागि खेलप्रेमी विन्दा ढुंगानाको तर्फबाट २३ लाख, सूर्यगढी गाउँपालिकाको तीन लाख, बाँकी रकम स्थानीय युवा नवीन ढुंगाना लगायतका युवाहरूबाट संकलित रकमबाट निर्माण गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
४