एसईई परीक्षामा सिन्धुलीका १८ विद्यालयको नतिजा शून्य

एसईई परीक्षामा सिन्धुलीका १८ विद्यालयको नतिजा शून्य
सांकेतिक तस्बिर।

सिन्धुली : माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुलीका १८ वटा विद्यालयको नतिजा शून्य आएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसईई परीक्षामा जिल्लाबाट सामेल भएका कुल १ सय ४५ माध्यमिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको पाइएको हो। 

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार जिल्लाका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो। प्राप्त जानकारीअनुसार सबैभन्दा धेरै दुधौली नगरपालिकाका सामुदायिक विद्यालयहरुको नतिजा शून्य छ। दुधौलीको  २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परीक्षार्थी ननग्रेड अर्थात अनुर्तिण भएका हुन्। 

जिल्लाको दुधौली नगरपालिकाका १०, तिनपाटन गाउँपालिकाका ३, कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको मा १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालय गरी कुल १८ वटा विद्यालयको परीक्षाको नतिजा शून्य भएको हो। 

दुधौलीको मावि पात्ले भन्ञ्याङ्ग, जनप्रेमी मावि अरुणडाँडा, जनजागृति मावि कोक्टी, भानु मावि रतनपुर, मावि बाँसबोटे, मावि सुँगारे, अरुणोदय मावि राताटार, ज्ञानकुन्ज मावि पचरुखी, मावि सिर्थौली, कमलामावि मैनीको नतिजा शून्य आएको छ। 

यस्तै दुधौलीकै सरस्वती मावि डकाहको विद्यालयका नियमित विद्यार्थीको नतिजा शून्य आएको छ। उक्त विद्यालयका प्राविधिक धारका विद्यार्थी मात्र उतीर्ण छन्। दुधौली नगरपालिकामा सामुदायिक विद्यालयबाट कुल १ हजार २ जना विद्यार्थी परीक्षामा सामेल भएकामा जम्मा १ सय १२ जना अर्थात २ दशमलव ९९ प्रतिशतमात्र उतीर्ण भएका छन्। यस्तै चारवटा संस्थागत विद्यालयका १ सय २५ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ७१ दशमलव ३० अर्थात ८२ जना मात्र पास भएका छन्। 

यस्तै निपाटन गाउँपालिकाका २१ विद्यालयमध्ये १८ वटा मात्र विद्यालयका विद्यार्थीहरू उतीर्ण भएका छन्। तीन वटा विद्यालयको नतिजा शून्य छ। कमला मावि छरछरे, कालिका मावि लङ्गुरछविसे र मावि रिठ्ठेको नतिजा शून्य आएको हो। पालिकाबाट कुल ६ सय ३१ जना विद्यार्थीहरु परीक्षामा सामेल भए पनि ३ सय ९४ जना मात्र उतीर्ण भएको पाइएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए। 

यस्तै कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको मा १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालयको परीक्षाको नतिजा शून्य भएको हो। मरिणको कुशेश्वर मावि नक्कली, सुनकोसीको शिद्धमावि कोटगाउँ र गोलन्जोरको मङ्गला मावि घोकसिलाको नतिजा शून्य आएको हो। 

जिल्लाको फिक्कल र घ्याङ्लेख गाउँपालिकाका भने औषतम सबै विद्यालयका विद्यार्थी उतीर्ण भएको पाइएको छ। ती पालिकामा भने शून्य नतिजा हुने विद्यालय नभएको बताइएको छ।
जिल्लामा परीक्षामा सहभागीमध्ये ४३ दशमलव ५ प्रतिशत अर्थात २ हजार ३ सय मात्र विद्यार्थीहरु उनिर्ण भएका हुन्। जिल्लामा एसईई परीक्षामा कुल ५ हजार २ सय ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए। 

यसैबीच यस वर्षको एसईई परीक्षामा जिल्लामा कमलामाई नगरपालिका ६ को सिद्धस्थली माध्यमिक विद्यालयका डिप्लभ फुयाँलले ३ दशमलव ९६ जिपिए प्राप्त गर्दै छात्र तर्फ जिल्ला प्रथम भएका छन्। गौमती माध्यमिक विद्यालय सिन्धुलीमाढीकी शोभिच्छा कार्कीले ३ दमलव ९२ जिपिए सहित छात्रा तर्फ जिल्ला प्रथम भएकी छिन। कार्की सामुदायिक विद्यालयतर्फबाट पनि जिल्ला प्रथम भएकी हुन्। 

उता जिल्लाबाट एसईई परीक्षाको नतिजा कमजोर आएको प्रति शिक्षा क्षेत्रका जानकारहरुले गम्भीर चासो व्यक्त गरेका छन। जिल्लाका संस्थागत विद्यालयका संचालकहरुले पनि जिल्लाको रिजल्ट सोचेको भन्दा फरक आएको भन्दै परीक्षा र ग्रेडिङ प्रणालीमाथि नै प्रश्न गर्न थालेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.