पढाइसँगै आयआर्जनमा जोडिँदै विद्यार्थी

पढाइसँगै आयआर्जनमा जोडिँदै विद्यार्थी

गुल्मी : सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै गइरहेको खबर प्रायः सुनिन्छन्। सरकारले ठुलै शैक्षिक योजना बनाएर सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउने योजना बनाए पनि लगानी अनुरूपको प्रतिफल हासिल गर्न सकेको छैन। 

तर, कतिपय विद्यालयले भने शैक्षिक उपलब्धि हासिल गर्न भरपुर मेहनत गरिरहेका छन्। कति विद्यालयले राम्रै नतिजा ल्याएका छन् त कतिले शैक्षिक सुधार र विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि अभियान नै चलाएका छन्। सिंहदरबारको अधिकार गाउँमा बोकेर नागरिकको दैलोमा आएको स्थानीय सरकारले पनि खस्किँदो शिक्षाका गुणस्तर बढाउन हरदम प्रयास गरिरहेका छन्। 

गुल्मीका केही विद्यालयले विद्यार्थीलाई सिक्दै सिकाउँदै समेत गरेका छन्। विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान प्रदान गरिरहेका छन्। पछिल्लो समय जिल्लाको सत्यवती गाउँपालिकाको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आयआर्जनमा जोड्न थालेको छ। सत्यवती गाउँपालिका-४ स्थित एकसिङ्ग माध्यमिक विद्यालयले अध्ययनसँगै विद्यार्थीलाई आयआर्जनमा जोडेको हो। 

विद्यालयले जग्गा भाडामा लिएर कक्षा ९ मा अध्ययनरत विद्यार्थीमार्फत कृषि कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत अहिले विद्यार्थीले विद्यालय नजिकै च्याउ, टमाटर, आलु खेती गरिरहेका छन्। उनीहरू मौरीपालनमा पनि जोडिएका छन्। 

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गरेर विद्यार्थीलाई उत्पादनमा जोड्न विद्यालयमा कृषि कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक चिरञ्जीवी ज्ञवालीले बताए। उनले फुर्सदको समयमा विद्यार्थीहरूलाई परम्परागत खेती र पुरानो कृषि प्रणालीबारे जानकारी दिने र उनीहरूलाई श्रमसँग जोडेर व्यावसायिक बनाउका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताए। 

विद्यार्थीले उत्पादन गरेका आलु, टमाटर, च्याउ हाल स्थानीय बजारमा खपत भइरहेको छ। माहुरीबाट उत्पादित मह र उपजबाट भएको आम्दानी विद्यालयको शैक्षिक सुधार कार्यक्रमअन्तर्गत खर्च गरिने प्रधानाध्यापक ज्ञवालीले बताए। सत्यवती गाउँपालिकाभित्रका माध्यमिक तहका सबै विद्यालयमा कृषि कार्यक्रमअन्तर्गत विद्यार्थीलाई श्रमसँग जोडिएको छ।  

गाउँपालिकाले दुना टपरी बनाउने तालिम, गुड फराइडे र विद्यालयमै नौमती बाजा बजाउने लगायतका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए। गाउँपालिका अध्यक्ष पाण्डेका अनुसार पछिल्लो समय सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञानलाई पनि सँगै अगाडि बढाउने उद्देश्यले गाउँपालिकाले कृषिसँग विद्यार्थीलाई जोडिएको छ। बढ्दो वैदेशिक रोजगारीलाई रोक्दै कृषि पेशाबाट उत्पादन बढाउने र रोजगारीको सिर्जना गर्न विद्यार्थीलाई अहिलेबाटै कृषि पेशामा प्रोत्साहन गरेको उनले बताए। 

गुल्मीको मालिका गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार वर्षका रूपमै घोषणा गरेको थियो। गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा पुगेर विद्यालय, शिक्षक र विद्यार्थीका समस्या पहिचान गरेर समाधानका उपाय खोजिरहेको छ। विगतका वर्षमा भन्दा यो अभियानपश्चात् केही शिक्षाका केही सुधारका आयाम आएको पालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.