प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद’

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद’
सुन्नुहोस्

काठमाडौं :  प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन्।

आफ्नो तस्बिरसहित उनले फेसबुकमा लेखेका छन्,‘सबैमा सम्मान,सबैलाई धन्यवाद !’

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’

असार १७ गते राति कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्न भएको सहमतिअनुसार पहिलो चरणमा ओली नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो। एमाले अध्यक्ष ओली यसअघि नेपालको नयाँ संविधान जारी भएपछि २०७२ असोज २५ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यस्तै, ओली दोस्रो पटक २०७४ फागुन ३ गते, तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्ति भएका थिए। तेस्रो पटक ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेका हुन्।

नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। शितल निवासमा एक समारोहका बीच प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिनेछन्।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले अस्वीकृत भएको थियो। संसदबाट प्रचण्डले बहुमत गुमाएको जानकारी पाएलगत्तै संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपति पौडेलले आइतबार अपरान्ह ५ बजेभित्र पेश गर्न आव्हान गरेका थिए। सोही अनुसार शुक्रबार नै एमालेका अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेस गर्न शितल निवासमा पुगेका  थिए। बहुमतका लागि १३८ सांसद आवश्यक भएपनि संसदमा कांग्रेसको ८८ जना र एमालेको ७९ (१ सभामुख, १ निलम्बित) सांसद रहेका छन्। एमाले-कांग्रेसको गठबन्धनलाई साना दलले समेत समर्थन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.