दुरागाउँको बसेरीका २ घर र गोठमा पहिरोले क्षति
काठमाडौं : रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँमा २ घर र एक गोठ पहिरोले क्षति पुर्याएको छ। गएराति आएको अविरल बर्षाका कारण पहिरोले बसेरीका दलसिंह भुजेल र उद्धव भुजेलको घर पुरिएको स्थानीय राजन पौडेलले जानकारी दिए।
उनका अनुसार स्थानीयको सहयोगमा घरका सामान बाहिर निकालिएको छ। पौडेलले घरमा बस्न नमिल्ने देखिएको बताए।
त्यसैगरी टीकामायाको गोठ समेत पहिरोमा परेको छ। उक्त स्थान जोखिममा परेको बताइएको छ।
दुरागाउँ-सैपु-धोबी सडक खण्डपनि पहिरो गएपछि अहिले जेसीबीले बाटो बनाउने काम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !