टीआरसी विधेयक : कार्यदलमा जुटेन सहमति, बिहीबार पुन: बैठक बस्ने

टीआरसी विधेयक : कार्यदलमा जुटेन सहमति, बिहीबार पुन: बैठक बस्ने

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकसम्बन्धी कार्यदलको बैठकमा आज पनि सहमति जुट्न सकेन। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको कार्यदलको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको एमालेबाट मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘मूल ऐन,विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ।’ उनले भने,‘सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ।’ 

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको  भनाइ छ।

आजको छलफलमा कार्यदलका सदस्य नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए। 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल लगायतको पनि सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.