एमसीए-नेपालले गर्‍यो तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता

एमसीए-नेपालले गर्‍यो तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता
सुन्नुहोस्

काठमाडौं : ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणको सम्झौता भएको छ। एमसीए-नेपालले तनहुँको दमौलीमा निर्माण गर्ने उक्त सबस्टेशनका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्प्सन लगायतको उपस्थितिमा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र भारतीय कम्पनीका निर्देशक राजीव अग्रवालले सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता सँगसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको जनाएको छ। 

निर्माण सम्पन्नपछि नयाँ दमौली सबस्टेशन पनि रातमाटे सबस्टेशनजस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेशनमध्ये एउटा बन्नेछ। रातमाटे सबस्टेशन पनि सोही भारतीय कम्पनीले नै निर्माण गर्ने गरी २०८१ साल जेठमा सम्झौता भएको थियो। नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ।

सो समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसीए-नेपालले गरेका निरन्तर प्रयासहरूको राम्रो सङ्केत भएको बताए। अमेरिकी राजदूत थम्प्सनले समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न एमसीसी नेपाल कम्प्याक्ट सहयोगी बन्ने विश्वास गरे। 

एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोशेढुङ्गा भएको बताए।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल-भारत सीमासम्म ३१५ किमी लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ। 

अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ। एमसीए-नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ। त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ। एमसीए-नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.