चिनियाँ प्राविधिकले गरे साततले दरबारको अवलोकन

चिनियाँ प्राविधिकले गरे साततले दरबारको अवलोकन

नुवाकोट : नुवाकोटको प्रसिद्ध साततले दरबार राष्ट्रिय संग्रहालयको चिनियाँ प्राविधिक टोलीले स्थलगत अवलोकन गरेका छन्। भूकम्पले क्षति गरेको दरबारको आइतबार चिनियाँ प्राविधिको टोलीले निरीक्षण गरेको 

विदुर नगरपालिका-२ नुवाकोट टाकुरोमा रहेको साततले दरबार राष्ट्रिय संग्रहालय मर्मत नुहुँदा जीर्ण हुँदै गएको छ। चिनियाँ पक्षले पुनर्निर्माण सुरु गरिने बताएका छन्। 

पुनर्निर्माणका लागि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिले संयुक्त रूपमा स्थलगत अवलोकन गरेका हुन्। 

दरबार मर्मतका लागि नगरपालिकाले खानेपानी, बिजुली, सडक र खाली जग्गा व्यवस्थापन गर्ने र चिनियाँ पक्षले काम सुरुवात गर्ने सहमति भएको मेयर श्रेष्ठले बताए। 

आवश्यक भौतिक कार्यको व्यवस्थापनपछि मर्मत तथा पुनर्निर्माण सुरु गरिने चिनियाँ पक्षले प्रतिबद्धता जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.