माओवादी केन्द्रको स्थायी समिति बैठक : प्रचण्डले पेश गरेको एजेण्डामाथि छलफल हुने

माओवादी केन्द्रको स्थायी समिति बैठक : प्रचण्डले पेश गरेको एजेण्डामाथि छलफल हुने

काठमाडौं : माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बैठकमा पेश गरेका चार एजेन्डाबाट आजबाट छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले भने,‘अध्यक्ष प्रचण्डले बैठकमा पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र आगामी कार्यभार तथा विविध एजेन्डाहरू बैठकमा पेस गर्नुभएको छ।’

यसअघि आगामी कार्यदिशाबारे यसअघि पदाधिकारी बैठक बसेर पाँच दिनसम्म गम्भीर छलफल भएको थियो।

९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीले आगामी राजनीतिक कार्यदिशा तय गर्न निरन्तर एकपछि अर्को बैठक, छलफल गरिरहेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्डले स्थायी कमिटीका नेताहरूलाई बोलाएर शुक्रबारदेखि बैठकमा जुटेका छन्। पार्टी अध्यक्ष प्रचण्डलाई धान रोपाइँको जस्तै असारे चटारो छ। बिहानै बैठक, साँझै छलफलमा उनी व्यस्त देखिन्छन्। भताभुंग—लथालिंग पार्टी संगठन सुदृढीकरणमा जोडतोडले जुटेका छन्।

स्थायी कमिटीको बैठकमा नेताहरूलाई ब्रिफिङ गर्दै प्रचण्डले नेपाली राजनीति संकटतिर उन्मुख भएको बताए। २०८४ को चुनावलाई लक्षित गरेर पार्टीभित्र र जनतामाझ सक्रिय, अनुशासित र आत्मालोचना गरेर विगतमा भएको कमिकमजोरी सुधार्दै काममा जुट्न जरुरी रहेको अध्यक्ष दाहालले बैठकमा बोलेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.