युद्ध लडेर आएका माओवादी नेताको सम्पत्ति अस्वाभाविक वृद्धि, छानबिन गर्न माग

प्रचण्डलाई नेतृत्व छोड्न आग्रह

युद्ध लडेर आएका माओवादी नेताको सम्पत्ति अस्वाभाविक वृद्धि, छानबिन गर्न माग
फाइल तस्बिर।

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीको नेतृत्व गरेको ३९ वर्ष भयो। २०४२ सालबाट लगातार पार्टीको नेतृत्व गर्दै आएका छन्।  तर, अझै उनी पार्टी नेतृत्वमै जसरी पनि रहन चाहन्छन्। अर्थात्, नेतृत्व हस्तान्तरण  गर्न चाहँदैनन्।  यो बीचमा उनलाई नेतृत्वमा चुनौती दिनेहरूले पार्टी नै छोड्नु परेको छ। 

प्रचण्डलाई चुनौती दिने  क्षमता भएका मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, नेत्रविक्रमण चन्द ‘विप्लव’ लगायत आफैं पाखा लागे। पार्टी एकछत्र राज गरेका प्रचण्डलाई अहिले आएर चुनौती दिने नेताहरू अगाडि आएका छन्। 

माओवादीका तेस्रो वरियताका नेताहरूले भने प्रचण्डले पार्टीको नेतृत्व छोड्नुपर्ने बताउन थालेका छन्। पार्टीको जारी स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीलाई नयाँ उचाइमा पुर्‍‍याउन अध्यक्षले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेका छन्। 

उपमहासचिव जनार्दन शर्माले त लिखित रूपमै पार्टी बैठकमा प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने  एजेन्डा पेस गरेका छन्। उनले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गर्नुपर्ने, दोस्रो तहका नेताहरूले खबरदारी र स्कुल विभागको नेतृत्व गर्नुपर्ने अनि तेस्रो तहका नेताहरूलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्छ।’ 

नेतृत्व विकास र उत्तराधिकारी बनाउने सवाल कम्युनिस्ट पार्टीका लागि  निकै महत्वपूर्ण मानिन्छ। यो विषयमा माओवादीभित्र सैद्धान्तिक रूपमै छलफल भइरहेको छ। पार्टी अध्यक्ष प्रचण्डले बैठकमा नेतृत्व हस्तान्तरणका बारेमा सैद्धान्तिक कुरा गरेका छन्।  

‘सरकारमा हुँदा पार्टीको नेतृत्व छोड्न मन लागेको थियो तर, राजनीतिक घटनाक्रम गम्भीर मोडमा पुगेकाले त्यसबाट पछि हटेको हुँ,’ पार्टी बैठकमा नेताहरूलाई  ब्रिफिङ गर्दै प्रचण्डले भनेका छन्, ‘पार्टीको नेतृत्व वैचारिक, सांगठनिक, नीतिगत रूपमा तयारी गर्दै जानुपर्छ।’ 

राजनीतिक उथलपुथलमा चतुर रहेका प्रचण्डले पार्टीभित्र राजनीतिक संकटको डर देखाएर नयाँ पुस्तालाई नेतृत्वमा आउनबाट लगातार रोक्दै आएका थिए। उनले आफू वरिपरि नै वातावरण बनाइरहेका देखिन्छन्। 

बैठकमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अहिले पार्टी नेतृत्व फेर्नेभन्दा पनि पार्टीलाई बलियो बनाउने नीति लिनुपर्ने बताएका थिए।

माओवादी नेताको सम्पत्ति कति ?   
माओवादी नेताहरूको सम्पत्तिको विषयमा पनि बैठक चर्चा चलेको छ। पछिल्लो समयमा युद्ध लडेर आएका  माओवादी नेताको सम्पत्ति अस्वाभाविक रूपमा वृद्धि भएको छ। उनीहरूको जीवनयापन नै फेरिएको छ।  

राजनीतिक उथलपुथलमा चतुर रहेका प्रचण्डले पार्टीभित्र राजनीतिक संकटको डर देखाएर नयाँ पुस्तालाई नेतृत्वमा आउनबाट लगातार रोक्दै आएका थिए। उनले आफू वरिपरि नै वातावरण बनाइरहेका देखिन्छन्।

अर्का उपमहासचिव वर्षमान पुनले माओवादी पार्टीभित्र नेताहरूको सम्पत्ति छानबिन गर्दै पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। उनले शान्ति प्रक्रियामा माओवादी आइसकेपछि नेताहरू सम्पत्ति आर्जन गर्न तिर लागेको तर्क गरे। ‘कसको कति सम्पत्ति ? पैसा र गाडी कति ? ’ सबै कुरा सार्वजनिक गर्नुपर्ने पार्टी अध्यक्षसँग माग राखेका थिए।

बैठकमा उठेका विषयलाई स्पष्ट गर्दै पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो जीवन खुल्ला पुस्तकको पाना जस्तो हुनुपर्छ। जनताले हाम्रोबारे सबै कुरा थाहा पाउनुपर्छ। धन, सम्पत्ति, उठबस, खानपिन लगायतका आचरण र व्यवहारहरू जनताले थाहा पाउनुपर्छ।’

विधि बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने ढंगबाट बैठकमा कुरा उठेको उनले बताए।

स्थानीय तह नै समाजवादको आधार
स्थानीय तहमा केन्द्रित भएर समाजवादको आधार तयार पार्न नेताहरूले माओवादी पार्टी अध्यक्षसँग माग गरेका छन्। जनताको समस्यामा केन्द्रित भएर जनपरिचालन सहितको कार्यक्रम ल्याउन आइतबारको बैठकमा सबै नेताले विषयमा उठाएका छन्। 

उनीहरूले अध्यक्षसंग भनेका छन्, ‘नयाँ शक्ति हाँसिल गर्न नयाँ कार्यनीति चाहिन्छ। यसका लागि पार्टीभित्र  लागि नयाँ पद्धति र नयाँ सिस्टम  विकास गर्नुपर्छ।’ 

नेतृत्वकै आचरण र व्यवहारले पार्टी संगठन भताभुङ भएको नेताहरूले  अध्यक्ष प्रचण्डसँग गुनासो गरेका थिए। ‘सबैलाई बोध भएको छ कि हामी राजनीतिक रूपमा निकै ठूलो मोडमा छौं’, पार्टी प्रबक्ता सापकोटाले  भने, ‘राजनीति समस्याको हिसाबले पार्टीलाई शक्तिशाली बनाउनुपर्छ भन्ने ढंगबाट छलफल भइरहेको छ।’ नीति, कार्यक्रममा नै बढी छलफल भइरहेको उनले बताए।

पार्टीमा कामको मूल्यांकन नहुँदा नेता तथा कार्यकर्ताहरू निराश रहेको नेताहरूले बैठकमा बोलेका थिए। उनीहरूको भनाइ छ, ‘त्यसका लागि मापदण्ड बनाएर वैज्ञानिक रूपमै कामको मूल्यांकन हुनुपर्छ।’ 

माओवादीमा विशेष महाधिवेशनभन्दा नियमित गर्नुपर्ने नेताहरूले बताएका छन्। दुई वर्ष बितिसकेकाले अब नियमित महाधिवेशनमै जानुपर्ने कोणले बहस पनि भइरहेको छ। पार्टीमा उपयुक्त जिम्मेवारी दिएर पार्टी बलियो बनाउने अध्यक्ष प्रचण्डको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.