एएफसी च्यालेन्ज लिगको प्लेअफमा चर्च ब्वाइज र पारो एफसीसँग प्रतिस्पर्धा हुने

एएफसी च्यालेन्ज लिगको प्लेअफमा चर्च ब्वाइज र पारो एफसीसँग प्रतिस्पर्धा हुने
सुन्नुहोस्

काठमाडौं : एएफसी च्यालेन्ज लिगको प्लेअफमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मंगलबार भुटानी टोली पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ। 

उक्त खेल मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने छ। खेलमा चर्च ब्वाइज घरेलु मैदानलाई उपयोग गर्दै जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। खेल अघि सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कम्फ्रेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा घरेलु समर्थकलाई राम्रो नतिजा दिने बताए। उनले पारो एफसीसँग आफ्नो क्लब तयारी अवस्थामा रहेको र टिमप्रति सन्तोषजनक रहेको बताए। 

त्यस्तै चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङले खेलका लागि प्लान अनुसार तयारी गरिरहेको भन्दै नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे। प्रशिक्षणको सुरुवाती चरणमा टिममा केही समस्या देखिए पनि अहिले टिमले बलियो तयारी गरेको उनको भनाइ छ।

त्यस्तै भुटानी टोली पारो एफसीका प्रशिक्षक र कप्तानले पनि प्लेअफमा राम्रो नतिजा आउने गरि तयारी गरेको जनाएका थिए। खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको छ। प्लेअफको विजताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ। समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.