कर्णालीमा तत्काल युवा नीति बन्छ : भण्डारी

कर्णालीमा तत्काल युवा नीति बन्छ : भण्डारी
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा तत्काल युवा नीति ल्याउने बताएका छन्। 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रदेशमा युवा नीति आवश्यक भएको भन्दै तत्काल प्रदेश सरकारले युवा नीति ल्याउने बताएका हुन्।

उनले प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसके पनि आफ्ना प्रयासहरू भने निरन्तर हुने बताए। उनले भने, ‘हाम्रो प्रदेशको आन्तरिक स्रोत निकै कम छ। संघीय सरकारले दिएको बजेटका आधारमा हामीले नीति बनाउनुपर्ने बाध्यकारी अवस्था छ। तर पनि कर्णालीका लागि हित हुने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा निर्माण र त्यसको कार्यान्वयन गर्नु आवश्यक छ। सरकार त्यसप्रति गम्भीर रूपमा लागिरहेको छ।’

उनले यौनिक तथा लैंगिक अल्पसंख्यक, दृष्टिविहीन, अपांगता भएकालगायतका लक्षित वर्गका व्यक्तिहरूको सवाललाई सम्बोधन गर्न प्रादेशिक शिक्षा नीति जरुरी रहेको बताए। उनले भने, ‘प्रदेश शिक्षा नीतिमा कर्णालीका लक्षित समूहका सवालहरू समेटेर तत्काल नीति बनाउनु आवश्यक छ। त्यसका लागि तत्कालै प्रदेश सरकारले नीति ल्याउने तयारी गरिरहेको छ।’

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले तयारी गरिरहेको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.